राराको हवाई भाडा घट्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १५, २०७३
|
|
२६८ पटक हेरिएको
Shares
राराको हवाई भाडा घट्यो

सारांश

  • रारा विमानस्थलमा जहाज उडानको प्रतिस्पर्धाले भाडादर घटेको छ ।
  • तारा, गोमा र सीता एयरलाइन्सले नेपालगन्जदेखि उडानमा भाडादर घटाएको खबर आजको कान्तिपुरमा छ ।
  • तारा एयरले नेपालगन्ज जान ४ हजार ५ सय भाडा लिदै आएकोमा हाल ४ हजार २ सय ८० रुपैयाँ लिन थालेको छ ।

रारा विमानस्थलमा जहाज उडानको प्रतिस्पर्धाले भाडादर घटेको छ । तारा, गोमा र सीता एयरलाइन्सले नेपालगन्जदेखि उडानमा भाडादर घटाएको खबर आजको कान्तिपुरमा छ ।

तारा एयरले नेपालगन्ज जान ४ हजार ५ सय भाडा लिदै आएकोमा हाल ४ हजार २ सय ८० रुपैयाँ लिन थालेको छ ।
यसअघि नेपालगन्जदेखि मुगु आउँदा सहुलियत दरमा ४ हजार ५ सय र कार्गोमा ९ हजार भाडा लिदै आएकोमा हिजो आज सहुलियत दरमा ४ हजार २ सय ८० र कार्गो दरमा ५ हजार रुपैयाँ कायम गरेको छ ।

रारा विमानस्थलबाट सुर्खेत जान ३ हजार ९० रुपैयाँ भाडा रहेको छ । त्यसैगरि गोमा एयरलाइन्सले रारा एयरपोर्टदेखि नेपालगन्ज जान ४ हजार ७ सय भाडा लिने गरेकोमा हाल ४ हजार २ सय ८० कायम गरेको छ ।

नेपालगन्जबाट आउन सहुलियत भाडा ४ हजार २ सय ८० र कार्गोको भाडादर ५ हजार लिन थालेका छन् ।

जहाजको प्रतिस्पर्धाले भाडा घट्न थालेपछि यात्रुलाई सहुलियत र सहज भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?