मनकारी परिवार, एउटै परिवारबाट ३० लाख सहयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • म्याग्दी – २०७२ साल वैशाखमा गएको भूकम्पका कारण जीर्ण बनेको मुक्तिमार्ग मावि बनाउनका लागि स्थानीय बासिन्दाले रु ५० लाख सहयोग जुटाएर पुनःनिर्माण गरेका हुन् ।
  • अन्नपूर्ण गाउँपालिकामा बन्दै गरेको भवन पुनःनिर्माण गर्न एउटै परिवारले ३० लाख रुपियाँ सहयोग गरेको छ ।
  • विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामबहादुर खड्काका अनुसार १२ कोठे भवन पुनःनिर्माणका लागि स्थानीयवासी टीकाबहादुर खड्काको परिवारले ३० लाख रुपियाँभन्दा बढी सहयोग गरेको हो ।

म्याग्दी – २०७२ साल वैशाखमा गएको भूकम्पका कारण जीर्ण बनेको मुक्तिमार्ग मावि बनाउनका लागि स्थानीय बासिन्दाले रु ५० लाख सहयोग जुटाएर पुनःनिर्माण गरेका हुन् । अन्नपूर्ण गाउँपालिकामा बन्दै गरेको भवन पुनःनिर्माण गर्न एउटै परिवारले ३० लाख रुपियाँ सहयोग गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामबहादुर खड्काका अनुसार १२ कोठे भवन पुनःनिर्माणका लागि स्थानीयवासी टीकाबहादुर खड्काको परिवारले ३० लाख रुपियाँभन्दा बढी सहयोग गरेको हो । खड्का परिवारले ११ लाख २४ हजार रुपियाँमा तीन रोपनी जग्गा खरिद गरी सो विद्यालय व्यवस्थापन समितलाई उपलब्ध गराएको थियो ।

भवन पुनःनिर्माणका लागि गाउँपालिकाले १० लाख, स्थानीयवासी कृष्णप्रसाद बरुवालले दुई लाख ५० हजार, विद्यालयका पूर्वविद्यार्थी प्रशान्त मोहन रेग्मीको पहलमा जर्मनीको हिमालयन फ्रेन्डसिभ संस्थाले १६ लाख ७७ हजार, हाल जापानमा रहेका दधीलाल खड्काले ५१ हजार तथा बेल्जियममा रहेका नारायण खड्काले ४५ हजार सहयोग गरेका हुन् ।

सहयोग जुटेपछि भवनको चार कोठा थप निर्माण गरिएको छ । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा ३२२ विद्यार्थी अध्ययन गरिरहेको प्रधानाध्यापक मेखबहादुर खड्काले बताए । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?