‘नो स्मोकिङ’ सम्भव छ ! काठमाडौंमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
‘नो स्मोकिङ’ सम्भव छ ! काठमाडौंमा

सारांश

  • काठमाडौं, १२ फागुन- काठमाडौं महानगरपालिकाले महानगरलाई धुमपान तथा सूर्तीजन्य पदार्थमुक्त सहर घोषणा गर्ने तयारी गरेको छ।
  • काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखले सार्वजनिक स्थलमा धुमपान नियन्त्रण गर्न १८ महिने अभियान सुरु भएको भन्दै घोषणा सभामा चुरोट भाँचे।
  •  आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

काठमाडौं, १२ फागुन- काठमाडौं महानगरपालिकाले महानगरलाई धुमपान तथा सूर्तीजन्य पदार्थमुक्त सहर घोषणा गर्ने तयारी गरेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखले सार्वजनिक स्थलमा धुमपान नियन्त्रण गर्न १८ महिने अभियान सुरु भएको भन्दै घोषणा सभामा चुरोट भाँचे। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

सरकारले धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवनले स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएको भन्दै २०४९ सालदेखि सार्वजनिक स्थानमा धुमपान गर्न निषेध गरेको थियो। निषेध गरे पनि लुकिछिपी र खुला रूपमै पनि सार्वजनिक स्थानमै धुमपान हुँदै आएको छ। सरकारले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोबाको कन्ट्रोल कन्भेन्सन फ्रेमवर्क-२००६ को अनुमोदन गरेको थियो भने सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ समेत जारी गरिसकेको थियो।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राजधानीसमेत रहेको महानगर क्षेत्रलाई स्वस्थ सहर (हेल्दी सिटी) मा विकास गर्न धुमपान र सूर्तीजन्य पदार्थ प्रयोगमा नियन्त्रण गरिएको बताए। सूर्तीजन्य पदार्थबाट सरकारलाई भएको आम्दानीभन्दा धेरै गुणा बढी असर स्वास्थ्यमा परिरहेकाले यसमा सम्झौता नगर्ने उनको भनाइ छ। उनले भने, ‘अब सूर्तीजन्य वस्तुको नियमनमा कुनै सम्झौता हुँदैन।’

चार वर्षअघि गरिएको सर्वेक्षणअनुसार देशको जनसंख्याको करिब ३० दशमलव ५ प्रतिशतले कुनै न कुनै किसिमको धुमपान वा सूर्तीजन्य पदार्थ सेवन गर्छन् भने करिब ३६ दशमलव १ प्रतिशत अरुले गर्ने धुमपानबाट घर वा कार्यस्थलमा प्रभावित हुने गरेका छन्। डब्लूएचओको तथ्यांकअनुसार नेपालका करिब १५ प्रतिशत महिला विश्वमा सर्वाधिक धुमपान गर्नेमा पर्छन्। डब्लूएचओका अनुसार नसर्ने रोगका प्रमुख पाँच कारणमध्ये धुमपान, मदिरापान, अस्वस्थकर आहार र निष्क्रिय जीवनलगायत छन्। पछिल्लो समय नसर्ने रोग विश्वभर नै अकाल मृत्युको मुख्य कारण भएको पनि उसले जनाएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले सूर्तिजन्य पदार्थको नियमन गर्न सके काठमाडौं दक्षिण एसियामा उदाहरणीय हुने धारणा राखे थिए। जनस्वास्थ्य राष्ट्रिय सूचना तथा सञ्चार केन्द्रका तर्फबाट राधिका थपलियाले मानवीय आचरण सुधारमा शिक्षा र सीप अभिवृद्धि गर्न सकेमात्र महानगरलाई धुमपानमुक्त बनाउन सकिने तर्क गरेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?