कालीकोट का शाह बाँके प्रदेशसभाको उम्मेद्वार ।
सारांश
- १२ कार्तिक पूर्व जनसेनाका ब्रिगेड कमाण्डर दिपेन्द्र शाह (युगान्त)प्रदेश सभा सदस्यका लागी उम्मेद्वार बनेका छन् ।
- उनी बाँकेको निर्बाचन क्षेत्र नम्बर ३ अन्तर्गतको प्रदेश क बाट माओवादी केन्द्रबाट उम्मेद्वार बनेका हुन् ।
- माओवादी केन्द्र बाँकेले शाहलाई प्रदेश सभा सदस्य उम्मेद्वारका लागी सिफारिस गरेको थियो ।
१२ कार्तिक पूर्व जनसेनाका ब्रिगेड कमाण्डर दिपेन्द्र शाह (युगान्त)प्रदेश सभा सदस्यका लागी उम्मेद्वार बनेका छन् । उनी बाँकेको निर्बाचन क्षेत्र नम्बर ३ अन्तर्गतको प्रदेश क बाट माओवादी केन्द्रबाट उम्मेद्वार बनेका हुन् । माओवादी केन्द्र बाँकेले शाहलाई प्रदेश सभा सदस्य उम्मेद्वारका लागी सिफारिस गरेको थियो । माओवादी केन्द्र र एमालेको संयुक्त बाम गठबन्धनले निर्बाचन क्षेत्र बाँडफाँड गरेपछि बाँकेको निर्बाचन क्षेत्र ३ अन्तर्गतको क प्रदेश शाहको भागमा परेको हो । कालीकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर ५ मा २०३६ सालमा जन्मेका शाह २०५५ सालमा माओवादी आन्दोलनमा पूर्णकालीन बनेका थिए । अहिले उनको स्थायी बसोबास बाँकेको बैजनाथ ५ मा रहेको छ । शहिद परिवार समेत रहेका शाह युद्धका क्रममा घाईते भएका थिए । अहिले पनि शाहको शरिरमा बमका छर्रा छन् । आन्दोलनका क्रममा २ भाई गुमाएका शाहले आन्दोलनमा सहभागी भएदेखि सेना समायोजन नहुँदासम्म जनमुक्ति सेनाको माथिल्लो कमाण्ड सम्हालेका थिए । स्पष्ट दृष्टिकोण भएका शाह प्रष्ट बक्ताका रुपमा पनि परिचित छन् ।
प्रतिक्रिया