१६ करोडको गाडी खरिदबारे संसदमा र्‍याखर्‍याखती

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने प्रस्ताव नआएको बताएका छन् ।
  • व्यवस्थापिका-संसद्मा विनियोजन विधेयकका मन्त्रालयगत खर्च शीर्षकमा भएको छलफलका क्रममा यस विषयमा जवाफ माग भएपछि प्रधानमन्त्री देउवाले यसरी स्पष्ट पारेका हुन् ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने प्रस्ताव नआएको बताएका छन् ।व्यवस्थापिका-संसद्मा विनियोजन विधेयकका मन्त्रालयगत खर्च शीर्षकमा भएको छलफलका क्रममा यस विषयमा जवाफ माग भएपछि प्रधानमन्त्री देउवाले यसरी स्पष्ट पारेका हुन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीसँग जवाफ माग गरेका थिए ।’राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गरिँदै छ भन्ने कुरा के हो ? ‘, सांसद सुवालले भने,’राष्ट्रपतिलाई १६ करोड, प्रधानमन्त्रीलाई १५ करोड र मन्त्रीहरूलाई १४ करोडको गाडी खरिद गर्दा मुलुकको अर्थतन्त्रले कसरी धान्न सक्छ ? ‘

अाजको अन्नपूर्ण पोस्टमा खबर छ– त्यसपछि प्रधानमन्त्रीले त्यत्रो महँगो गाडी खरिद गर्ने प्रस्ताव नै नआएको बताए । यद्यपि, उनले राष्ट्रपतिको सुरक्षा हुने गरी राम्रो गाडी खरिद गर्न लागिएको जानकारी गराए । उनले राष्ट्रपतिको पदीय मर्यादा र सुरक्षामा ध्यान दिनु सरकार र जनताको कर्तव्य पनि रहेको बताए ।

उनले त्यसअघि विनियोजन विधेयकअन्तर्गत राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विविध शीर्षकमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । उनले आगामी वर्षको बजेट र सरकारका प्राथमिकताका विषयमा प्रस्टसमेत पारेका थिए ।

उनले भूकम्पपछिको पुनर्निर्माणलाई उच्च प्राथमिकता दिएर प्राधिकरणले काम गरिरहेको सुनाउँदै पाँच लाखभन्दा बढी लाभग्राहीको विवरण संकलन भएको, कर छली हुन नदिन सरकार प्रतिबद्ध रहेको, सुशासन प्रवद्र्धन, स्थानीय तहमा बजेट वृद्धि, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन प्राथमिकतामा रहेको बताए ।

सोमबारै संसद्को दोस्रो बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
यी हुन् देशभरका प्रदेशसभामा समानुपातिकतर्फ विजयी सांसदहरु (सूचीसहित)
यी हुन् देशभरका प्रदेशसभामा समानुपातिकतर्फ विजयी सांसदहरु (सूचीसहित)
कोरिया बासीको लागि खुशीको खबर, अब नेपाल पठाउदा फाईदै फाईदा
कोरिया बासीको लागि खुशीको खबर, अब नेपाल पठाउदा फाईदै फाईदा
तेस्रो सुपा देउराली खाचिखोट पर्यटन महोत्सब  ब्रिहत रुपमा आयोजना हुदै
तेस्रो सुपा देउराली खाचिखोट पर्यटन महोत्सब ब्रिहत रुपमा आयोजना हुदै
पाइलट र को–पाइलटकाे शव काठमाडौं ल्‍याइयाे !
पाइलट र को–पाइलटकाे शव काठमाडौं ल्‍याइयाे !
कम्युनिष्ट पार्टीका सबै कमिटीहरु ३ महिनाभित्र एकीकरणको तयारी
कम्युनिष्ट पार्टीका सबै कमिटीहरु ३ महिनाभित्र एकीकरणको तयारी
जाजरकोट दरबारको अस्तित्व भूकम्पले मेटिँदै
जाजरकोट दरबारको अस्तित्व भूकम्पले मेटिँदै
निर्वाचन क्षेत्रका लागि ६ अर्ब ६० करोड आवश्यक
निर्वाचन क्षेत्रका लागि ६ अर्ब ६० करोड आवश्यक
अकुत सम्पत्तिमा तानिँदै लोकमान, छानबिन गर्न सरकारलाई निर्देशन
अकुत सम्पत्तिमा तानिँदै लोकमान, छानबिन गर्न सरकारलाई निर्देशन
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने