भरतपुरकाण्ड अप्डटे : पुन मतदान गर्ने आयोगको निर्णय !
सारांश
- काठमाडौं, जेठ २०– निर्वाचन आयोगले चितवनको भरतपुर महानरगरपालिको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेको छ ।
- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले बडा नम्बर १९ को सम्पूर्ण मतदान केन्द्रको मतपत्रलाई अवैध घोषणा गरी पुनः मतदान गर्ने निर्णय गरेको हो ।
- आयोगको निर्णयमा भनिएको छ–स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणना स्थलको अनाधिकृत कब्जा भएको पुष्टि हुन आएको हुँदा सोहि दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको बडा नम्बर १९ को मदतान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरि मतदान गर्ने ।
काठमाडौं, जेठ २०– निर्वाचन आयोगले चितवनको भरतपुर महानरगरपालिको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले बडा नम्बर १९ को सम्पूर्ण मतदान केन्द्रको मतपत्रलाई अवैध घोषणा गरी पुनः मतदान गर्ने निर्णय गरेको हो ।
आयोगको निर्णयमा भनिएको छ–स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणना स्थलको अनाधिकृत कब्जा भएको पुष्टि हुन आएको हुँदा सोहि दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको बडा नम्बर १९ को मदतान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरि मतदान गर्ने ।’
रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय ताेक्न भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी समेत आयोगले दिएको छ ।
प्रतिक्रिया