इलामको ढापपोखरीमा डुंगा सञ्चालन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
इलामको ढापपोखरीमा डुंगा सञ्चालन

सारांश

  • स्थानीयवासीको संरक्षणमा विस्तार भएको सन्दकपुर–५ स्थित जमुनाको ढापपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ ।
  • पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुंगा चलाउन थालिएको हो ।
  • पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबेढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुंगा सञ्चालनमा ल्याएको समितिका अध्यक्ष विप्लव भट्टराईले जानकारी दिनुभयो ।

स्थानीयवासीको संरक्षणमा विस्तार भएको सन्दकपुर–५ स्थित जमुनाको ढापपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुंगा चलाउन थालिएको हो ।

पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबेढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुंगा सञ्चालनमा ल्याएको समितिका अध्यक्ष विप्लव भट्टराईले जानकारी दिनुभयो ।

सदरमुकामबाट २१ किमी उत्तरको यो पोखरी स्थानीयवासीको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण अढाइ वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भएको हो ।

क्षेत्रफलका हिसाबले जिल्लाकै ठूलो मानिएको पोखरी ५० रोपनीमा फैलिएको छ । विस्तार गर्ने पर्याप्त ठाउँ रहेकाले आवश्यकताअनुसार क्षेत्रफल बढाउन सकिनेछ ।

डुंगामार्फत पोखरीको सबै क्षेत्र घुम्न आधा घण्टाभन्दा बढी लाग्ने समितिका उपाध्यक्ष नीरबहादुर फागोले बताउनुभयो । यस क्षेत्रमा नौलो कार्यक्रम भएकाले स्थानीयवासीसँगै टाढाबाट पनि रमाइलो गर्न आउने पर्यटकको संख्या बढेको छ ।

विसं २०७२ वैशाख १ गतेदेखि पोखरी संरक्षणको काम थालिएको हो । दलदल र सिमले भरिएको उपत्यका जस्तो क्षेत्रको पूर्वी मोहोडामा बाँस, हिलो माटो र ढुंगाको बाँध बनाएर काम थालिए पनि अहिले मजबुत बाँध बनाइएको छ ।

यहाँ डुंगा सञ्चालन थालिएपछि सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रमा आवतजावत गर्ने पर्यटक पनि पुग्ने गरेका छन् । फरक विशेषता भएका यी क्षेत्रलाई प्याकेज बनाएर पर्यटन प्रवद्र्धन गर्नसके थप फाइदा पुग्ने सरोकारवालाको भनाइ छ । त्यहाँसम्म पुग्ने सडकको बिग्रँदो अवस्थाले भने समस्या आएको स्थानीयवासी बताउँछन् ।

आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएकाले सडकको अवस्था सुधारलाई प्राथमिकता दिइएको सन्दकपुर गाउँपालिका प्रमुख उदय राईले बताउनुभयो । तत्काल सडकलाई मर्मत गर्दै यातायात व्यवस्थालाई सहज बनाउने उहाँको भनाइ छ ।

ढापपोखरी पुग्ने पर्यटकका लागि स्थानीयवासीले होमस्टे सञ्चालनको तयारी गरेका छन् । अहिले पनि त्यस क्षेत्रका घरमा ५० जनासम्म अतिथिलाई खाने, बस्ने व्यवस्थाको चाँजोपाँजो मिलाइएको छ ।

पोखरीमा माछापालन थालिएपछि आगन्तुकका लागि आकर्षणको केन्द्र भएको छ । तराईमा पाइने सारसलगायत विभिन्न चराचुरुङ्गीसमेत पोखरीमा आउने गरेका छन् । पोखरी आसपास लोपोन्मुख सुन गोहोरो र विभिन्न प्रकारका सुनाखरी पाइन्छन् ।

पोखरी विस्तारसँगै पर्यटन गन्तव्य निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, जिल्ला भू–संरक्षण कार्यालयले सघाएका हुन् । “जैविक विविधता रक्षासँगै पर्यापर्यटनको अथाह सम्भावनासँगै जमुनावासीको पर्यटन मोह देखेर साथ दिएका हौँ”, भू–संरक्षण कार्यालय प्रमुख विजेन्द्रकृष्ण सिंहले भन्नुभयो ।

साबिक जमुना गाविस, जिविस, निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला कृषि विकास कार्यालय लगायतले सघाउँदै आएपनि स्थानीयवासीको योजनाअनुसार पर्याप्त हुन सकेको छैन । पोखरी विस्तारसँगै त्यस तलका पानीका स्रोत पनि बढेका छन् ।

जमुना बजारलगायतका सयभन्दा बढी उपभोक्ता रहेको सेलेले मुहानमा पोखरी विस्तार थालिएलगत्तै पानीको स्रोत बढेको स्थानीयवासी बताउँछन् । अझ यस पोखरीको क्षेत्रफल बढाउने र पूर्वी क्षेत्रकै नमूना पर्यटकीय क्षेत्रका रुपमा विस्तार गरिने लक्ष्य रहेको समितिका अध्यक्ष भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाभाइरसबाट नेपालसहित दक्षिण एसियामा कहाँ, कति सङ्क्रमण ?
कोरोनाभाइरसबाट नेपालसहित दक्षिण एसियामा कहाँ, कति सङ्क्रमण ?
This ‘Class Photo’ of Saif Ali Khan and Kareena Kapoor with Taimur in his school is adorable!
This ‘Class Photo’ of Saif Ali Khan and Kareena Kapoor with Taimur in his school is adorable!
१६ विदेशी लगानीका कम्पनीले नेपालबाट १० अर्ब बढि लाभांस लगे
१६ विदेशी लगानीका कम्पनीले नेपालबाट १० अर्ब बढि लाभांस लगे
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
विजेता श्रीमती सुन्दरीहरुले के के गरे मलेशियामा रमाइलो ? (फोटोफिचर)
विजेता श्रीमती सुन्दरीहरुले के के गरे मलेशियामा रमाइलो ? (फोटोफिचर)
साताको कारोबारको पहिलो दिन नेप्से २६४० विन्दुमा, नेपाल बैंकको सर्वाधिक कारोबार
चन्द्र ढकालसँग मभन्दा बढि पैसा छ, तर मसँग अनुभव बढि छ : किशोर प्रधान (भिडियोसहित)
चन्द्र ढकालसँग मभन्दा बढि पैसा छ, तर मसँग अनुभव बढि छ : किशोर प्रधान (भिडियोसहित)
आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने
३१५ केन्द्रीय सदस्यको हस्ताक्षर लिएर नेकपाको प्रचण्ड समूह निर्वाचन आयोगमा
३१५ केन्द्रीय सदस्यको हस्ताक्षर लिएर नेकपाको प्रचण्ड समूह निर्वाचन आयोगमा
बजेटको तयारी गर्दै स्थानीय तह
बजेटको तयारी गर्दै स्थानीय तह

तपाईंले छुटाउनुभयो कि?