समानुपातिक सूची तलमाथि गरी सांसद बन्न चलखेल

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
५० पटक हेरिएको
Shares
समानुपातिक सूची तलमाथि गरी सांसद बन्न चलखेल

सारांश

  • काठमाडौं, २५ मंसिर।
  • समानुपातिकतर्फ सांसद बन्न चलखेल बढेको छ ।
  • नियमावली अनुसार बन्द सूचीमा राखिएका राष्ट्रिय दलहरूबाट प्राप्त मतका आधारमा ११० सांसद निर्वाचित हुने व्यवस्था छ ।

काठमाडौं, २५ मंसिर। समानुपातिकतर्फ सांसद बन्न चलखेल बढेको छ । नियमावली अनुसार बन्द सूचीमा राखिएका राष्ट्रिय दलहरूबाट प्राप्त मतका आधारमा ११० सांसद निर्वाचित हुने व्यवस्था छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने नियम अनुसार बन्दसूचीमा क्रमसंख्या अनुसार नाम पठाइएको छ । तर, सूचीमा तल माथि गरेर सांसद बन्नेहरूको नाम पठाउने खेलहरू मुख्य दलहरूभित्र भएको छ ।

निर्वाचन आयोगले समानुपातिकको नियमावली अनुसार नाम तलमाथि गरेर सांसद बन्नेहरूको नाम पठाउन नपाउने तर्क गरेको छ । नियमावलीको ६० नम्बर बुँदा उल्लेख गर्दै जस्तो नाम पठाइएको छ त्यस्तै गरी भिन्न जाति, क्षेत्र, लिङ्गलगायतको संख्या पु¥याउनुपर्ने आयोगका एक अधिकारीले रिपोर्टर्स नेपाल डट कमलाई बताए । नाम यताउता गरेर पठाउँदा के मिल्छ कि मिल्दैन ? भन्ने प्रश्नमा ती अधिकारीले भने,‘गर्नु हुँदैन ।’

ऐनले मिल्दैन या गर्न हुँदैन भन्ने स्पष्ट नपारेकाले पनि समानुपातिक सांसद बन्न सूचीको निकै तल नाम भएकाहरूले चलखेल थालेका छन् । जस अनुसार खस आर्य, जनजाति, महिला, पिछडिएको समुदाय र क्षेत्रको सूचीमा केही तल नाम भएकाहरू आफ्नो नाम पार्न सक्रिय भएका छन् ।

हालको मतपरिणाम अनुसार प्रत्यक्षतर्फ कमै महिला निर्वाचित छन् । नेपाली काँग्रेसतर्फ एकजना महिला पनि प्रत्यक्षतर्फ निर्वाचित भएका छैनन् । यसकारण पनि उसलाई उल्लेख्य संख्यामा महिलालाई समानुपातिकतर्फको सूचीबाट ल्याउनुपर्ने हुन्छ । माओवादी केन्द्रबाट तीनजना महिला प्रत्यक्षतर्फ जितेबाट उसले समानुपातिकतर्फ महिलाको सूचीमा नाम घटाउन सक्ने भएको छ । प्रत्यक्षतर्फ ८० सिट कटाउने दिशामा बढेको एमालेबाट एकजना महिला मात्र प्रत्यक्षतर्फ निर्वाचित हुने सम्भावना छ ।

एमालेले समानुपातिकतर्फ ठूलो संख्यामा महिलालाई स्थान दिनुपर्ने हुन्छ । यसो हुँदा धेरै पुरूषको नाम कट्न सक्छ ।
मधेश केन्द्रित दलहरूमा समेत महिला एकजना चुनाव जितेका छैनन् । समानुपातिकतर्फ धेरै महिलालाई सांसद बनाउनुपर्ने हुँदा अन्य जाति, क्षेत्र र समुदायका पुरूषहरू सांसद बन्न चलखेलमा सक्रिय भइसकेका छन् ।

कतिपय दलहरूले पैसा लिएर समानुपातिकको सूचीमा धनाढ्यहरूलाई राखेको चर्चा चलेकाले पनि चलखेल बढेको छ ।

(banucciteam.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सुनको मुल्य घट्योे
रुस कोरोनाविरुद्धको खोप उत्पादन गर्ने पहिलो देश बन्ने सम्भावना बढ्यो, परीक्षण सफलतातर्फ
हेलो नेपालको झेलै झेल, ३ अर्ब राजश्व गुम्यो….
हेलो नेपालको झेलै झेल, ३ अर्ब राजश्व गुम्यो….
ओली र मोदीको सम्बन्ध प्रगाढः परराष्ट्रमन्त्री ज्ञवाली
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

ओम्नीको बदमासीः निर्वाचन आयोगलाई पुरानो प्रिन्टर बिक्रि
ओम्नीको बदमासीः निर्वाचन आयोगलाई पुरानो प्रिन्टर बिक्रि
असोज १८ गते शनिबारको राशिफल यस्तो छ
नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई
नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई
माधव नेपालको पार्टी फुटको संघारमा, ६ सांसद र १५० केन्द्रीय सदस्यहरुको हस्ताक्षर
माधव नेपालको पार्टी फुटको संघारमा, ६ सांसद र १५० केन्द्रीय सदस्यहरुको हस्ताक्षर
मतगणना प्रक्रियामा महिला प्रतिनिधि पठाउन आग्रह
मतगणना प्रक्रियामा महिला प्रतिनिधि पठाउन आग्रह