मुलुक निर्माणमा मुस्लीम समुदायको महत्वपूर्ण भूमिका: कमल थापा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
१५ पटक हेरिएको
Shares
मुलुक निर्माणमा मुस्लीम समुदायको महत्वपूर्ण भूमिका: कमल थापा

सारांश

  • काठमाण्डौ, ८ असार ।
  •   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको समग्र विकास र समृद्धिको निमित्त मुस्लीम समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
  • मुस्लीम समुदायको महान्पर्व इद उल फित्रको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्रको पहिचानको पक्षमा बहुसंख्यक मुस्लीम समुदाय रहेकोमा खुसी प्रकट गरे।

काठमाण्डौ, ८ असार ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको समग्र विकास र समृद्धिको निमित्त मुस्लीम समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

मुस्लीम समुदायको महान्पर्व इद उल फित्रको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्रको पहिचानको पक्षमा बहुसंख्यक मुस्लीम समुदाय रहेकोमा खुसी प्रकट गरे।

आपसी सद्भाव, एकता र भाईचारा नै समृद्धिको आधार भएको चर्चा गर्दै थापाले सवै धर्म, जाति र सम्रदाय वीच मिलेर बस्ने नेपाल र नेपालीको मौलिक परम्परा विशिष्ट रहेको विचार व्यक्त गरेका थिए।

राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठनका सल्लाहकार सलिम खान गौसको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष टंक ढकाल, कोषाध्यक्ष उद्धव पौडेल, प्रवक्ता रोशन कार्की, सहमहामन्त्री द्धय चन्द्र बहादुर गुरुङ्ग, हेमजंग गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?