१३० पत्नीका श्रीमान्‌को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १९, २०७३
|
|
१७० पटक हेरिएको
Shares

सारांश

  • नाइजेरियाली नागरिक मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा शनिबार निधन भएको छ।
  • कुनै बेला उनी मुस्लिम धर्मगुरु मौलवी समेत रहेका थिए ।
  • उनले १३० जना महिलासँग विवाह गरेका थिए ।

नाइजेरियाली नागरिक मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा शनिबार निधन भएको छ। कुनै बेला उनी मुस्लिम धर्मगुरु मौलवी समेत रहेका थिए । उनले १३० जना महिलासँग विवाह गरेका थिए । आफूलाई विवाह गर्नका निम्ति अल्लाहले धर्तीमा पठाएको भनेर उनले बताउँदै आएका थिए। आइतबार उनको मृत्यु भएपछि हजारौं मानिस उपस्थित भएका थिए । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

बेलोका निजी सहायक सलावुद्दिन बेलोले न्युज एजेन्सी अफ नाइजेरियालाई बेलो केही समयदेखि विरामी भएको जानकारी दिएका छन्। विरामी भए पनि उनको मृत्यु भने घरमै भएको थियो। अबुबकरले कुरानको आफ्नै ढंगले व्याख्या गर्ने गरेका थिए ।

कुरानले आफूले चाहे जति विवाह गर्ने अनुमति दिएको उनको भनाइ थियो । दुःखविना जति श्रीमती पाल्न सकिन्छ त्यति विवाह गर्ने आफ्नो हक भएको उनको भनाइ थियो । सलावुद्दिनले भने, ‘अन्तिम समयमा उहाँले मेरो अन्तिम समय उनका आखिरी समय आइपुगेजस्तो छ । अल्लाले मलाई जुन पुण्यकार्यका लागि धर्तीमा पठाउनु भएको थियो। त्यो काम पूरा भएको छ । अब खुदासँग मिल्न जाँदै छु ।’

सन् २००८ मा त्यहाँका मुस्लिम धर्मगुरुहरूले बेलोका निकै आलोचना गरेका थिए । कैयौं मौलवीले उनलाई ४८ घण्टाभित्र जीवित ८६ श्रीमतीमध्ये ८४ जनालाई तलाक दिनुपर्ने आदेश दिएका थिए । त्यसको जवाफमा उनले विवाह गर्नु आफ्नो पवित्र लक्ष्य भएको बताउँदै आएका थिए । यसअघि नै बेलोका २०३ जना सन्तान छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?