धर्ना बस्दाबस्दा निर्मला पन्तका बुबाको मानसिक सन्तुलन खराब
सारांश
- बलात्कारपछि हत्या भएकी १३ वर्षीया छोरी निर्मला पन्तका हत्यारालाई कारवाही गर्न माग राख्दै धर्नामा बसेका बुवा यज्ञराज पन्तको व्यवहार असामान्य देखिन थालेको छ ।
- उनको मानशिक अवस्था बिग्रिएर गएको छ ।
- सामान्य अवस्थाको भन्दा निकै फरक व्यवहार उनले देखाउन थालेका छन् ।
बलात्कारपछि हत्या भएकी १३ वर्षीया छोरी निर्मला पन्तका हत्यारालाई कारवाही गर्न माग राख्दै धर्नामा बसेका बुवा यज्ञराज पन्तको व्यवहार असामान्य देखिन थालेको छ । उनको मानशिक अवस्था बिग्रिएर गएको छ । सामान्य अवस्थाको भन्दा निकै फरक व्यवहार उनले देखाउन थालेका छन् ।
छोरीको हत्यारालाई कारवाहीको माग राख्दै धर्नामा बसेका यज्ञराजले धर्नास्थलमा बर्बराउने, अधिकारकर्मीहरुलाई समेत तथानाम गाली गर्ने, सडकमा जिन्दावाद र मुर्दावाद भन्दै एक्लै नारा लगाउने जस्ता क्रियाकलापहरु देखाउन थालेका दृश्य अहिले सामाजिक सञ्जालमा भाइरहन भइरहेको छ । यसरी उनको मानसिक अवस्था खराब बन्न थालेपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ ।
पन्तको मानसिक अवस्था निकै बिग्रदै गए पछि धर्नास्थलमै डाक्टर बोलाएर चेक गरिएको थियो । तर अवस्था झनै बिग्रेर गएपछि परिवारका सदस्य र अधिकारकर्मीसँग छलफल गरेर थप उपचारका लागि काठमाडौँ ल्याइन लागिएको कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिए ।
प्रतिक्रिया