प्रधानमन्त्री ओलीको जन्मदिन मनाउँदै एमाले स्थायी कमिटीको वैठक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको जन्मदिन मनाउँदै एमाले स्थायी कमिटीको वैठक

सारांश

  • शिखरन्यूज, काठमाडौं, ११ फागुन – आज प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिन ।
  • आज प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको जन्मदिन मनाउँदै एमालेको स्थायी कमिटीको वैठक बस्दैछ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको वैठकले एमालेका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ ।

शिखरन्यूज, काठमाडौं, ११ फागुन – आज प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिन । आज प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको जन्मदिन मनाउँदै एमालेको स्थायी कमिटीको वैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको वैठकले एमालेका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ । केपी ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मेका हुन् ।

अहिले केहिबेरमा शुरु हुने बैठकमा मन्त्रीपरिषद विस्तारसँगै मन्त्री बन्नेहरुको नामबारे छलफल हुनेछ । माओवादी केन्द्रसँग मन्त्रालय बाँडफाँडबारे मोटामोटी सहमति भइसकेकाले आफ्नो भागमा परेको १० वटा मन्त्रालयमा जाने मन्त्रीहरुको टुंगो लाग्ने एमाले नेताहरुले बताएका छन् ।

एमाले स्थायी कमिटी बैठकमा सङ्घीय समाजवादी फोरमलाई सरकारमा ल्याउने र माओवादीसँगको पार्टी एकताका बाँकी काम लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

दुई पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रले गठन गरेका दुई कार्यदलले राजनीतिक र सांगठनिक प्रतिवेदन तयार गर्न काम थालिसकेका छन् । कार्यदलले यही २५ गतेभित्र एकीकरणणबारे प्रतिवेदन तयार पार्ने जिम्मा पाएका छन् । प्रतिवेदन तयार पारेपछि दुई पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी रहेको दुवै दलका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Maya Chettri

    सम्माननिय प्रधान मन्त्री के पी शर्मा ओली ज्युलाई शुभ जन्मदिनको शुभकामना ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?