छयानब्बे करोडको अदुवा निर्यात

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
छयानब्बे करोडको अदुवा निर्यात

सारांश

  • आर्थिक वर्ष २०७३÷७४ मा इलामबाट रु ९६ करोडको अदुवा निर्यात भएको छ ।
  • जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेका अनुसार २७ हजार ५७० मेट्रिक टन अदुवा निर्यात भएको हो ।
  • घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको अदुवाको अहिले जिल्लामा व्यावसायिक खेती हुन थालेको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा इलामबाट रु ९६ करोडको अदुवा निर्यात भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेका अनुसार २७ हजार ५७० मेट्रिक टन अदुवा निर्यात भएको हो ।

घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको अदुवाको अहिले जिल्लामा व्यावसायिक खेती हुन थालेको छ । जिल्लामा उत्पादन भएको अदुवा झापाको काँकडभिट्टा हुँदै भारततर्फ निकासी हुने गरेको छ ।

किसानले अदुवाको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भई मनग्य आम्दानी गर्न थालेका छन् । यस वर्ष अदुवा निर्यातमा केही समस्या भए पनि हालै भन्सार निर्यात खुल्ला भएपछि निर्यात हुनेमा किसान ढुक्क छन् ।

कूल उत्पादनको २६ प्रतिशत अदुवा मात्रै जिल्लाका बजारमा खपत हुने गरेको छ । बीउमा मात्र छ हजार ४६६ मेट्रिक टन अदुवा खपत हुन्छ । इलाममा उत्पादित अदुवा भारतीय बजारमाथि निर्भर छ । पटक–पटक नेपाली अदुवाको निकासी रोकिएपछि किसान मारमा पर्ने गरेका छन् ।

पछिल्लो समय रोगको संक्रमण बढेकाले अदुवा खेतीमा समस्या बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?