दुई समूहबीच झगडा हुँदा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ६, २०७५
|
|
४९ पटक हेरिएको
Shares
दुई समूहबीच झगडा हुँदा एकको मृत्यु

सारांश

  • धनगढी, ६ माघ ।
  • कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ ।
  • घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताउनुभयो ।

धनगढी, ६ माघ । कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ ।घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताउनुभयो ।

मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले दुई समूहबीच खुकुरी वा चक्कु हानाहान भएको हुनसक्ने जनाइएको छ । घटनामा घाइते भएका भट्टलाई तत्काल अत्तरियाको पद्मा अस्पतालमा लगिएकामा थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याउने क्रममा निजको बाटैमा मृत्यु भएको हो ।

घटनामा सोही ठाउँका सबिन कट्टेल, हरि राई र राजेश नेपाली घाइते भएका छन् । घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ । अत्तरियामा केही दिनदेखि चलिरहेको महोत्सव सकिएको केही समयपछि यो घटना भएको हो । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक तिमिल्सेनाले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उडिरहेको प्लेनमै यौनसम्पर्क ! यसरी भयो तस्बिर भाइरल
उडिरहेको प्लेनमै यौनसम्पर्क ! यसरी भयो तस्बिर भाइरल
सनी लियोनीको यस्तो फोटो, जसले इन्टरनेटमा मच्यायो सनसनी
सनी लियोनीको यस्तो फोटो, जसले इन्टरनेटमा मच्यायो सनसनी
कोलम्बियामा कोरोना रोकथाममा खटिएका सात सैनिकद्वारा आदिवासी किशोरीमाथि बलात्कार
कोलम्बियामा कोरोना रोकथाममा खटिएका सात सैनिकद्वारा आदिवासी किशोरीमाथि बलात्कार
चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीले विमानस्थलमै स्वागत गर्ने सहितका मन्त्रीपरिषदका निर्णय यस्ता छन्
चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीले विमानस्थलमै स्वागत गर्ने सहितका मन्त्रीपरिषदका निर्णय यस्ता छन्
किसानको मेहनत, नाफा बिचौलियालाई
किसानको मेहनत, नाफा बिचौलियालाई
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा
अग्नि पीडितको सहयोगमा राजधानीमा फिल्म प्रदर्शन
अग्नि पीडितको सहयोगमा राजधानीमा फिल्म प्रदर्शन
यी हुन जाडाेका फाइदै फाइदा, न नुहाउन पर्ने, न दुब्लाउन !
यी हुन जाडाेका फाइदै फाइदा, न नुहाउन पर्ने, न दुब्लाउन !
घरधुरी तथ्यांक तथा भौगोलिक सूचना प्रणाली सार्वजनिक
घरधुरी तथ्यांक तथा भौगोलिक सूचना प्रणाली सार्वजनिक
कति छ आज विदेशी मुद्राको विनिमयदर ?
कति छ आज विदेशी मुद्राको विनिमयदर ?