सुखि र समृद्ध जनता भन्ने मेरो थिम ,काभ्रे प्रदेशसभा २ क’- लक्ष्मण लम्साल

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सुखि र समृद्ध जनता भन्ने मेरो थिम ,काभ्रे प्रदेशसभा २ क’- लक्ष्मण लम्साल

सारांश

  • काभ्रे ,प्रदेशसभा २ क’ का एमाले उम्मेदवार लक्ष्मण लम्साल विद्यार्थी राजनीतिको सांगठानिक जीवनमा विभिन्न तह र तप्कामा रही कुशलतापूर्वक विम्मेवारी वहन गरेका लम्सालले संगठनमा प्रष्ट राजनैतिक र वैचारिक क्षमता राख्ने व्यक्तिको रुपमा आफ्नो परिचय बनाएका थिए ।
  •    अनेरास्ववियुमा आवद्ध भएको बेला पञ्चायती कालरात्रीको जगजगी काल जस्तो नभए पनि कांग्रेसी कुशासनको चक्रव्युहमा देश रुमल्लिएको अवस्था थियो ।
  • तिनै विकृत र जनहित विरुद्ध भएका गतिविधिका विरुद्धमा उनले अनेकन दवावपूर्ण आन्दोलनको नेतृत्व सम्हालेका थिए ।

काभ्रे ,प्रदेशसभा २ क’ का एमाले उम्मेदवार लक्ष्मण लम्साल विद्यार्थी राजनीतिको सांगठानिक जीवनमा विभिन्न तह र तप्कामा रही कुशलतापूर्वक विम्मेवारी वहन गरेका लम्सालले संगठनमा प्रष्ट राजनैतिक र वैचारिक क्षमता राख्ने व्यक्तिको रुपमा आफ्नो परिचय बनाएका थिए ।    अनेरास्ववियुमा आवद्ध भएको बेला पञ्चायती कालरात्रीको जगजगी काल जस्तो नभए पनि कांग्रेसी कुशासनको चक्रव्युहमा देश रुमल्लिएको अवस्था थियो । तिनै विकृत र जनहित विरुद्ध भएका गतिविधिका विरुद्धमा उनले अनेकन दवावपूर्ण आन्दोलनको नेतृत्व सम्हालेका थिए । अन्याय र अत्याचारको विरुद्धमा बाल्यकालदेखि नै आफूलाई उभ्याउन चाहने लम्सालले न्यायपूर्ण समाजको कल्पना गर्ने पार्टीको विद्यार्थी संगठनको सदस्यता लिए जतिबेला उनी काभ्रेको डेडीथुम्का मावि महादेवस्थानमा कक्षामा ६ मा अध्ययन गर्दथे ।

यो २०४९ सालतिरको कुरा हो । उच्च शिक्षा अध्ययनका लागि उनी राजधानी छिरेपछि ०५६ सालमा उनी अनेरास्ववियु बानेश्वर क्याम्पस कमिटीको सह–सचिवको जिम्मेवारी लिएर विद्यार्थी राजनीतिलाई अगाडि बढाएका थिए । त्यहीं क्याम्पसको उनी अनेरास्ववियुको अध्यक्ष हुँदै पछि ०५६ सालमै सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको किल्ला तोड्दै स्ववियु सभापतिमा निर्वाचित भएका लम्सालले यही क्याम्पसबाट आफ्नो राजनीतिक यात्राको राजमार्गलाई फराकिलो बनाएका हुन् ।

त्यसपछि उनले अखिलको क्याम्पस जिल्ला कमिटी सदस्य, बाग्मती अञ्चाल समन्वय कमिटीको सदस्य हुँदै उनले १७ औं राष्ट्रिय सम्मेलनबाट भने वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी पाए । विद्यार्थी हक र अधिकारको निम्ति अनेकन मोर्चामा महत्वपूर्ण योगदान पु¥याएका लम्सालले अनेरास्ववियु १८ औं राष्ट्रिय सम्मेलनबाट पुर्व केन्द्रीय सदस्य भएपछि बाग्मती को संयोजकको भूमिका निर्वाह गरे । अनेरास्ववियुको १९ औं राष्ट्रिय सम्मेलनबाट सचिवालय सदस्य हुँदै उनले संगठन विभागको प्रमुख भएर जिम्मेवारी वहन गरेका छन् । जसबाट देशभरका युवा विद्यार्थीहरुको समुहमा उनको लोकप्रियता बढ्यो भने अनेरास्ववियु २० औं राष्ट्रिय सम्मेलनबाट उनी अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष बन्न सफल भएका थिए । २१ औं राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा लम्साल अनेरास्ववियुको अध्यक्षको प्रत्यासी बनका थिए । हाल नेकपा एमाले केन्द्रीय कृषि भुमिसुधार विभागको सचिवको जिम्मेवारीमा रहेका लम्सालले दुई छिमेकी मुलुक भारत र चीनको भ्रमण गरेका छन् । व्यवस्थापन संकायमा स्नातकोत्तर प्रथम श्रेणी र कानुनमा नेपाल ल क्याम्पसबाट स्नातक गरेका लम्साल काभ्रे मण्डन देउपुर नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

उनी आगामी मंसिर २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा काभ्रे जिल्ला क्षेत्र नम्बर २ को प्रत्यक्ष तर्फको प्रदेशसभाका लागि वाम वगठबन्धको तर्फबाट उमेद्वार बनेका छन् । लम्साल तिनै युवा विद्यनर्थीहरुका लोकप्रिय नेता हुन् जसले निरंकुश राजतन्त्र विरोधी र गणतन्त्रको स्थापनार्थ भएका सडक आन्दोलनहरुको मोर्चालाई जुझाररु ढंगले सम्हालेको थियो, जसले निरंकुश राजतन्त्र विरोधी आन्दोलनको अगुवाई गरेको थियो ।

यससँगै मातृ पार्टी नेकपा एमालेलाई जनतामा स्थापित गराउन पनि उनको उल्लेख्य योगदान रहेको छ । उनले विद्यार्थी आन्दोलनको रापबाटै राजनीतिक, वैचारिक र साङ्गठानिक अनुभवहरु संगाल्दै आए र आफूलाई स्पष्ट वक्ताको रुपमा विकास गरे । काभ्रेली जनतासँग एकाकार हुँदै उनीहरुका समस्यालाई आफ्नो ठाउँबाट हल गर्न सधैं अग्रसर हुने सरल र सहज पहुँच भएको व्यक्तित्वका कारणले पनि आम काभ्रेलीको बीचमा उनको वेग्लै परिचय स्थापित भएको छ । प्रदेशसभाका लागि उमेद्वार बनेका लम्सालले जिल्ला र आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणका ठोस योजना र कार्यक्रमहरु बनाएका छन् । खासगरी नेकपा एमालेलेले अगाडि सारेको सुखी नेपाली समृद्ध नेपाल भन्ने थीमलाई पूरा गर्ने अभिभारा लिन सक्ने क्षमता र योग्यता राख्ने प्रदेशसभका सशक्त उमेद्वार समेत हुन्.

( khabarghar बाट साभार )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?