‘मंगलम’ गीतः रेलको झ्यालमा समाएर भाग्ने कुरा गर्दै शिल्पा र पुष्पल’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
‘मंगलम’ गीतः रेलको झ्यालमा समाएर भाग्ने कुरा गर्दै शिल्पा र पुष्पल’

सारांश

  • रदर्शन मिति तय भएसँगै चलचित्र ‘मंगलम’को प्रचारलाइ निर्माता छविराज ओझाले आक्रामक तबरले अगाडि बढाएका छन् ।
  • मंगलबार चलचित्रको फस्टलुक सार्वजनिक गरिएको थियो भने वुधबार यसको पहिलो गीत सार्वजनिक गरिएको छ ।
  • लोक शैलीको यो गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर, दीपक शर्माको शब्द तथा संगीत छ ।

रदर्शन मिति तय भएसँगै चलचित्र ‘मंगलम’को प्रचारलाइ निर्माता छविराज ओझाले आक्रामक तबरले अगाडि बढाएका छन् । मंगलबार चलचित्रको फस्टलुक सार्वजनिक गरिएको थियो भने वुधबार यसको पहिलो गीत सार्वजनिक गरिएको छ ।

लोक शैलीको यो गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर, दीपक शर्माको शब्द तथा संगीत छ । यो गीतको भिडियोलाइ कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकार शिल्पा पोख्रेल र पुष्प खड्कालाइ फिचरिङ गरिएको छ । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्माको पनि मुख्य भूमिका छ ।

चलचित्रमा विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ । छविराज ओझाको निर्माणमा तयार भएको चलचित्रलाइ नवल नेपालले निर्देशन गरेका हुन् ।

यो गीतको भिडियोलाइ निकै आकर्षक बनाइएको छ । शिल्पा र पुष्पल नेपाली पहिरनमा आकर्षक देखिएका छन् । असोज ११ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?