सशस्त्र द्वन्दको पीडा, सात वर्षदेखि साङ्लोमै सिंहबहादुरको जीवन

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ९, २०७६
|
|
३७ पटक हेरिएको
Shares
सशस्त्र द्वन्दको पीडा, सात वर्षदेखि साङ्लोमै सिंहबहादुरको जीवन

सारांश

  • दुई बित्ता लामो दाह्री जुङ्गा, उत्तिकै लामो कपाल ।
  • हात र खुट्टामा लामालामा नङ छन् ।
  • शरीरमा फोहरैफोहर देखिन्छ ।

दुई बित्ता लामो दाह्री जुङ्गा, उत्तिकै लामो कपाल । हात र खुट्टामा लामालामा नङ छन् । शरीरमा फोहरैफोहर देखिन्छ । कैदीलाई जस्तै उनको दुवै हातमा फलामको साङ्लो बाँधिएको छ । त्यहीँ दिसा पिसाब गर्छन् ।

यस्तै जीवन बिताइरहेका छन् भुमे गाउँपालिका– काँक्रीका ४४ वर्षीय सिङबहादुर दमाई । उनी विगत १३ वर्षदेखि नारकीय जीवन ब्यतित गर्दै आएका छन् । सात वर्षदेखि उनको दुवै हातमा साङ्लो बाँधिएको छ । विसं २०६३ माघमा उनका भाइ रुपचन्द्रको घरमा लुकाई राखेको बम विष्फोट भएको थियो । सो घटनामा उनका भाइ र बुहारीको मृत्यु भयो । सिङबहादुर भने त्यति बेलादेखि अचेत अवस्थामा छन् ।

भाइको घरमा विष्फोट हुँदा सिङबहादुर आफ्नो घरको बारदलीनमा कपडा सिलाउँदै थिए । उनी भुईँमा खसे । “त्यति बेलादेखि उ अचेत अवस्थामा छ”, सिङबहादुरकी ६४ वर्षीया आमा देमुले भनिन् । बेसुरमै गाउँमा मान्छेलाई कुट्ने, जथाभावी बोल्ने तथा ढुङ्गाले हान्न थालेपछि उनको दुवै हात साङ्लोले बाँधिएकोे स्थानीयवासीले बताए । उनको अवस्था देखेर विहे गरेको एक वर्षमै श्रीमती अन्तै पोइल गइन् । “आँशु नझरेको, भरी पेट खाना खाएको र मनमा पीर नभएको कुनै दिन छैन”, आमा देमुले भनिन् । दिनभरि अर्काको घरमा काम गरी छिमेकीबाट ऐचोपैचो गरेर आफू भोकै रहेर भए पनि छोराको पेट भर्ने गरेको उनले सुनाइन् ।

भएको सबै सम्पत्ति बेचेर भैरहवा र बुटवल अस्पतालमा लगेर उपचार गरेको आमा देमुले सुनाइन् । “नौ लाख रुपैयाँ खर्च भयो, छोरालाई निको भएन”, उनले भनिन् । सबै सम्पत्ति छोराको उपचारमा सकिएपछि अहिले सम्पत्तिको नाममा देमुसँग भत्केको घर र सानो खेत मात्र बाँकी छ । बूढेशकालमा देमुलाई छोराले स्याहारसुसार गर्ने उल्टै उनले छोराको पालनपोषण गर्नुपरेको छ ।

देमुले भनिन्, “छोरा सधैँ भत्केको घरमा एक्लै नाङ्गै सुत्छ, ओढ्ने, ओछ्याउने र लगाउने लुगा छैन ।” उनी घरमा बस्न खान समस्या भएपछि गाउँलेकहाँ शरण लिएर बसेकी छिन् । सरकारबाट द्वन्द्वपीडितले पाउने राहतसमेत नपाएको उनले बताइन् । सिङबहादुर देमुको हाल जिवित एक्लो छोरा हुन् । उनका श्रीमान्को मृत्यु भइसकेको छ । जनयुद्धको घाउले केवल आँशु र पीडा मात्र दिएको देमुको दुःखेसो छ । सर्जना कार्की / RSS

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राडा गोविन्द केसीले पनि गरे मुलुकी संहिता संशोधनको माग
प्राडा गोविन्द केसीले पनि गरे मुलुकी संहिता संशोधनको माग
सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुप¥यो ःओली
सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुप¥यो ःओली
पेन गन सहित १ जना पक्राउ
पेन गन सहित १ जना पक्राउ
नयाँ वर्षको स्वागत गर्दै सिड्नीमा फायरवर्क आयोजना
नयाँ वर्षको स्वागत गर्दै सिड्नीमा फायरवर्क आयोजना
सुधन ज्ञवालीको ‘मोटिभेसनल स्पिच’ अब युट्युब च्यानलमा !
सुधन ज्ञवालीको ‘मोटिभेसनल स्पिच’ अब युट्युब च्यानलमा !
काँग्रेस, राजावादी देखि उखु किसान आन्दोलित, सरकारले के गर्ला ?
काँग्रेस, राजावादी देखि उखु किसान आन्दोलित, सरकारले के गर्ला ?
स्वास्थ्य मन्त्रालयद्वारा खोप लगाउन आग्रह
स्वास्थ्य मन्त्रालयद्वारा खोप लगाउन आग्रह
१७० प्रकारका कोरोनाविरुद्धको भ्याक्सिन विकास हुँदै, नौवटाले अन्तिम परीक्षण पुरा गर्दै
१७० प्रकारका कोरोनाविरुद्धको भ्याक्सिन विकास हुँदै, नौवटाले अन्तिम परीक्षण पुरा गर्दै
पानी उद्योगमा  मानव मलमुत्रमा पाइने ‘ कोलिफर्म’ जिवाणु !
पानी उद्योगमा मानव मलमुत्रमा पाइने ‘ कोलिफर्म’ जिवाणु !
जेनजी मुभमेन्ट नेपालको नाममा आन्दोलन घोषणा, सरकार सस्तो लोकप्रियतामा अल्झेको आरोप
जेनजी मुभमेन्ट नेपालको नाममा आन्दोलन घोषणा, सरकार सस्तो लोकप्रियतामा अल्झेको आरोप

तपाईंले छुटाउनुभयो कि?