सर्वोच्चको आदेश लिएर विमान उडाउँदा दुर्घटना !
सारांश
- विमानभित्र रहेका पाइलटलाई भाग्यवस केही भएन ।
- विमानमा थिए- निगमले अयोग्य ठहर्याएर बर्खास्त गरेका निपेन्द्र भट्टराई ।
- काठमाडौंबाट आएको विमान भैरहवा विमानस्थलमा ल्याडिङ गर्ने क्रममा सामान्य दुर्घटनामा परेको हो ।
विमानभित्र रहेका पाइलटलाई भाग्यवस केही भएन । विमानमा थिए- निगमले अयोग्य ठहर्याएर बर्खास्त गरेका निपेन्द्र भट्टराई ।
काठमाडौंबाट आएको विमान भैरहवा विमानस्थलमा ल्याडिङ गर्ने क्रममा सामान्य दुर्घटनामा परेको हो । यस विमानका मुख्य चालक बरिष्ठ क्याप्टेन भट्टराई थिए । उनी उडानमा लापरबाही गरेको आरोपमा गत जेठमा बर्खास्तीमा परेका व्यक्ति हुन् ।
निगमले बर्खास्त गरेपछि भट्टराईले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । अदालतले भट्टराईको पक्षमा आदेश सुनाउँदै उनलाई पुनर्बहाली गरी काममा लगाउनू भन्ने आदेश सुनाएको थियो ।
उडानमा लापरवाही गरेको आरोपमा नियमले अयोग्य ठहर्याएका उनै भट्टराईले विमान ल्याण्डिङ गर्ने क्रममा विमानको सन्तुलन नमिलेर टायर फुटेको निगम स्रोतले बतायो । स्रोतले अनलाइनखबरसँग भन्यो- ‘निगमले अयोग्य ठहर्याएको व्यक्तिलाई अदालतले काममा लगाउनू भनेका कारण हामीले बाध्य भएर भट्टराईलाई काममा लगाएका थियौं, तर दुर्घटनावस यस्तो दुःखद स्थिति आयो ।’
यद्यपि दुर्घटना के कारणले भएको हो भन्ने विषयमा छानविन गरिने भैरहवास्थित निगमका एक अधिकारीले बताए ।
भट्टराई भन्छन् – म चालक हैन, प्यासेन्जरका रुपमा थिएँ
यसैवीच क्याप्टेन निपेन्द्र भट्टराईले आफूले विमान नचलाएको बताएका छन् । आफू चालकका रुपमा सो विमानमा चढेको भट्टराईको भनाइ छ ।
बरिष्ठ क्याप्टेन भट्टराईले अनलाइनखबरसाग भने- म आफ्नो् टेस्ट फ्लाइट सकेर प्यासेन्सरका रुपमा सो विमानमा बसेको थिएँ, मैले विमान उडाएको भन्ने कुरा सही होइन । विमान अर्कै पाइलट र महिला कोपाइलटले उडाएका हुन् । अनलाइनखबरलाई बाट
प्रतिक्रिया