कपिलवस्तुबाट २ किशोरीको उद्धार, दलाल नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
२९ पटक हेरिएको
Shares
कपिलवस्तुबाट २ किशोरीको उद्धार, दलाल नियन्त्रणमा

सारांश

  • माधव बेल्वासे कपिलवस्तु  २१ कार्तिक।
  • भारत हुँदै कुवेत पुर्‍याउन खोजिएको दुई किशोरीको कपिलवस्तुको कृष्णनगरबाट उद्धार गरिएको छ।
  • मानब बेचबिखन तथा लैगिक हिंसा बिरुद्ध क्रियाशिल संस्था केआई नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले मानब बेचबिखन तथा ओसापसारको आरोपमा एक जना दलाल नियन्त्रणमा लिएको छ।

माधव बेल्वासे

कपिलवस्तु  २१ कार्तिक। भारत हुँदै कुवेत पुर्‍याउन खोजिएको दुई किशोरीको कपिलवस्तुको कृष्णनगरबाट उद्धार गरिएको छ।

मानब बेचबिखन तथा लैगिक हिंसा बिरुद्ध क्रियाशिल संस्था केआई नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले मानब बेचबिखन तथा ओसापसारको आरोपमा एक जना दलाल नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ परेको दलाललाई दलाललाई मानव बेचबिखन तथा ओसार पसारअन्तर्गत  मुद्धा दर्ता गरिएको छ।

पक्राउ पर्नेमा बर्दिया राजापुर १का बस्ने ३५ वर्षे कृष्णप्रसाद रेग्मी रहेका इलाका प्रहरी कार्याल कृष्णनगरका प्रहरी निरीक्षक सुभास गैरेले जानकारी दिए। रेग्मीले दैलेखको अर्को एक व्यक्तिसँग मिलेर दैलेखकी गोमा बि.क र निर्मला बि.क (नाम परिबर्तन) कुवेत पठाउने भन्दै भारततर्फ लैजादै कोसिस गरेका थिए।

कुवेतमा राम्रो कमाइ हुने भन्दै प्रलोभन दिएको पीडित किशोरीहरुले प्रहरीलाई बयान दिएका छन् । एक बिचौलिया फरार रहेको प्रहरीले जनाएको छ।

दुवैले सीमा पार गराउँदा भारततर्फ आँखा उपचारको वहाना बनाउन सिकाएको प्रहरी निरीक्षक गैरेले जनाएका छन्।  फरार रहेका दलालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका दैलेखका चेलीहरुलाई केआई नेपाल शाखा कार्यलय कृष्णगर र नेपाल प्रहरिको संयुक्त रोहबरमा अभिभाबकको जिम्मा लगाई सकेको केआई नेपाल कपिलबस्तुका जिल्ला संयाजक केसर विश्वकर्माले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?