ई–चुरोटले मस्तिष्कका तन्तुलाई नष्ट गर्छ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १७, २०७६
|
|
२५ पटक हेरिएको
Shares
ई–चुरोटले मस्तिष्कका तन्तुलाई नष्ट गर्छ

सारांश

  • वासिङ्टन।
  • परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट ९विद्युतीय चुरोट०ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ।
  • ई–चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्छ।

वासिङ्टन। परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट ९विद्युतीय चुरोट०ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ। ई–चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्छ।आई–साइन्स जर्नलमा प्रकाशित अध्ययनमा बयस्क मुसामा गरिएको परीक्षणमा यस्तो नतिजा देखिएको उल्लेख छ। मस्तिष्कका तन्तुमा विद्युतीय तरल पदार्थ, एरोसोल वा निकोटिन मिसिए त्यसले मस्तिष्कको समग्र तन्तु र कोषिकामा नकारात्मक असर गर्दछ।सुरुआती दिनहरुमा सुरक्षित ठानिएको ई–चुरोटहरु जस्तै भ्यूज र जूल पनि निकै हानिकारक छन्। यी चुरोटहरु नियमित सेवन गरेमा मानिस कुलतमा फस्ने र त्यसबाट अन्ततोगत्वा मस्तिष्कका कोषिकाहरु मर्ने वा रोगी हुन्छ, अध्ययनमा भनिएको छ। अध्ययनकी लेखिका अटेना जाहेदीले निकोटिन भएका कुनै पनि वस्तुको सेवन मानव स्वास्थ्यका लागि हानिकारक देखिएको पनि बताए।

उनले ई–चुरोटको धुँवा मस्तिष्कसम्म पुग्ने गरेकाले पनि यो निकै खतरनाक देखिएको बताए। जाहेदीले मस्तिष्क विकासका क्रममा गम्भीर मोडमा रहने भएकाले युवा र गर्भवतीले त अझ बढी ध्यान दिनुपर्नेमा जोड दिए।उनले युवा, किशोरावस्था वा गर्भवती हुँदा मस्तिष्कमा ई–चुरोटले बहुआयामिक असर पार्ने गरेको अध्ययनबाट देखिएको छ भने। उनले यस्तो उमेरमा ई–चुरोट सेवनले स्मरणशक्ति, सिकाई र बोधमा ठूलो क्षति पुग्ने बताए।अध्ययन सहयोगी टाल्बोटले पनि जहाँसुकै पाइने ई–चुरोटमा निकोटिन हुने र त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भीआईपी जुवाडेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश
भीआईपी जुवाडेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश
विदेश भ्रमण मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण
विदेश भ्रमण मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण
४४ लाख मत बदर, दुई मत ल्याउने पनि दल
४४ लाख मत बदर, दुई मत ल्याउने पनि दल
माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री देउवा सहभागी
माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री देउवा सहभागी
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो
सुकुटे बस दुर्घटनाका घाईतेलाई भेट्न धुलिखेल पुगे देउवा, ‘उपचारमा कमी नहोस्’
सुकुटे बस दुर्घटनाका घाईतेलाई भेट्न धुलिखेल पुगे देउवा, ‘उपचारमा कमी नहोस्’
कांग्रेस विवाद फेरि सतहमा जिल्ला सभापति असन्तुष्ट, केन्द्रसँग समन्वय नगरी भेला
कांग्रेस विवाद फेरि सतहमा जिल्ला सभापति असन्तुष्ट, केन्द्रसँग समन्वय नगरी भेला
‘पठाओ’ले कानुनी मान्यता पाउने
‘पठाओ’ले कानुनी मान्यता पाउने
आज असार ६ गतेको राशीफल यस्तो छ
यी हुन् माओवादी केन्द्रबाट मन्त्री बन्ने सौभाग्य पाएका नेता
यी हुन् माओवादी केन्द्रबाट मन्त्री बन्ने सौभाग्य पाएका नेता

तपाईंले छुटाउनुभयो कि?