बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प

सारांश

  • गलेश्वर, १७ चैत  पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाअन्तर्गत विभिन्न वडामा बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प शुरु भएको छ ।
  • गाउँपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखासम्बन्धी क्याम्प सञ्चालन गरिएको हो ।
  • बच्चा जन्मिएको छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण अवस्था पत्ता लगाउन स्क्रिनिङ क्याम्प आयोजना गरिएको धवलागिरि गाउँपालिकाले जनाएको छ ।

गलेश्वर, १७ चैत  पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाअन्तर्गत विभिन्न वडामा बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प शुरु भएको छ ।

गाउँपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखासम्बन्धी क्याम्प सञ्चालन गरिएको हो । बच्चा जन्मिएको छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण अवस्था पत्ता लगाउन स्क्रिनिङ क्याम्प आयोजना गरिएको धवलागिरि गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमअन्तर्गत शुक्रबार धवलागिरि–३ मुनामा कुपोषण पत्ता लगाउन २१ बच्चाको नापजाँच गरिएकामा सबै बालबालिकाको मध्यम अवस्था रहेको पाइएको सुआहाराका फिल्ड सुपरभाइजर चन्द्रकला बानियाँले बताउनुभयो । उहाँका अनुसार, धवलागिरिका अधिकांश वडामा बिहीबार र शुक्रबार कार्यक्रम गरिएको छ भने वडाभित्रका केही टोल बस्तीमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

यसैगरी धवलागिरि–१ गुर्जामा भने आइतबार र सोमबार कार्यक्रम हुने आयोजकले जनाएका छन् । मुनामा सम्पन्न गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, लक्षित समूहका महिला तथा बालबालिकालगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा पोषिलो खाना प्रदर्शनीसमेत गरिएको थियो ।

बच्चामा कुपोषण भए÷नभएको अवस्था पत्ता लगाइसकेपछि उसलाई पोषणयुक्त खानपानको व्यवस्था गर्ने, नियमित स्वास्थ्य परीक्षण र परिवारलाई परामर्श दिइने कार्यक्रम रहेको जनाइएको छ । त्यस्तै धवलागिरि–७ ताकममा सञ्चालन गरिएको क्याम्पमा तीन बालिकामा कुपोषण भएको भेटिइएको ताकम स्वास्थ्यचौकीका इन्चार्ज सम्झना खाती क्षत्रीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : कपिल शर्मा शो ले गर्याे चमत्कार
मनाेरञ्जन समाचार : कपिल शर्मा शो ले गर्याे चमत्कार
“एमाले-माअोवादीको गठबन्धनले अधिनायकवाद निम्त्याउछ “-आरजु राणा देउवा  ।
“एमाले-माअोवादीको गठबन्धनले अधिनायकवाद निम्त्याउछ “-आरजु राणा देउवा ।
दुई अधिकृत घुस लिँदैगर्दा पक्राउ
नेपाल प्रहरीद्वारा ३८ सय बढी कर्मचारी माग, यस्ता व्यक्तिले आवेदन दिन पाउनेछन्
नेपाल प्रहरीद्वारा ३८ सय बढी कर्मचारी माग, यस्ता व्यक्तिले आवेदन दिन पाउनेछन्
दुईवटा अस्पतालमा महानगरले लगायो ताला
दुईवटा अस्पतालमा महानगरले लगायो ताला
मसूद अजहर राष्ट्रसंघबाट आतंकवादी घोषित
मसूद अजहर राष्ट्रसंघबाट आतंकवादी घोषित
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
मन्त्रालय भित्रै हातपात, सरुवाकाे विषयमा विद्यालय निरीक्षक द्वारा उपसचिव माथि हमला !
मन्त्रालय भित्रै हातपात, सरुवाकाे विषयमा विद्यालय निरीक्षक द्वारा उपसचिव माथि हमला !
भ्रष्टाचार आरोपमा पूर्वमुख्यमन्त्री यादव जेल चलान
भ्रष्टाचार आरोपमा पूर्वमुख्यमन्त्री यादव जेल चलान
अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्रा दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन
अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्रा दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन

तपाईंले छुटाउनुभयो कि?