सिरहा क्षेत्र नम्बर १ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस
सारांश
- सिरहा ।
- सिरहा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ ।
- शुक्रवार साँझ बसेको क्षेत्रीय कमितिको बैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादबले जानकारी दिए ।
सिरहा । सिरहा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ । शुक्रवार साँझ बसेको क्षेत्रीय कमितिको बैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादबले जानकारी दिए ।
प्रतिनिधिसभाको लागि चार निर्वाचन क्षेत्र कायम भएको सिरहाका अन्य तीन क्षेत्रमा भने उम्मेवारको सिफारिस हुन सकेको छैन । एमाले जिल्ला अध्यक्ष प्रमोद यादबले प्रतिनिधिसभाको तीन क्षेत्रबाट उम्मेदवारको नाम टुंगो लगाउन अझै छलफल जारी रहेको बताए । उनले भने,‘आजसम्ममा सबै क्षेत्रबाट उम्मेवारको नाम सिफारिस भएर जिल्लामा आउँछ । त्यसपछि जिल्लाले केन्द्रमा पठाउँछ ।’
सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा मधेस आन्दोलनको उद्गम स्थल लहान पनि पर्छ । पहिलो मधेस आन्दोलनपछि लहानसहितका ठाउँ पर्ने सिरहा क्षेत्र नम्बर १ बाट तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट लक्ष्मण मेहता पहिलो संविधानसभाको निर्वाचनमा निर्वाचित भएका थिए । दोस्रो संविधानसभा चुनावमा भने काँग्रेसबाट पद्मनारायण चौधरी निर्वाचित भए । अहिले स्थानीय तहको निर्वाचन हुँदा लहानको मेयरमा एमालेका मुनी साह निर्वाचित भएका छन् ।
नयाँ संरचना अनुसार कायम भएको सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा लहान नपा, सखुवा ननकारकट्टी गापा, भगवानपुर गापा, नवराजपुर गापा, धनगढी नपाका केही वडा, लक्ष्मीपुर पतारी गापाको केही वडा पर्छ । यी ठाउँमध्ये एमाले लहान नगर र सखुवाननकारकट्टी गाउँपालिका कब्जा गरेको छ ।
भगवानपुर, नवराजपुर, धनगढी र लक्ष्मीपुर पतारीमा पनि यो निर्वाचनमा एमालेले बलियो नै देखियो । सिरहा क्षेत्र नम्बर १ मा एमाले बलियो देखिएकोले अध्यक्ष ओलीको जित सुनिश्चित भइसकेको स्थानीय नेताहरुले दावी गरेका छन् ।
Sheshman Pakhrin
तराई मा त सम्जिनी हो
Rambabu Ray
Siraha bata n lada oli Natra harla
Ramesh Upadhaya
Hami sath Chau comred.
Manoj Kumar Singh
सिरहा का मदेशी सपूत ओलि ले मदेशी को आमालाइ गलि गर्न गयेछ।जसरी पनि हराउ र आफ्नो मात्रभुमी आमालाइ समान देउ।
Rabi Kadariya
Jata bat pani jit nischit, i
Indraraj Aryal
च्यालेन्ज दिए बाले॥॥॥
Parshuram Khatiwada
मदेसी नेता पहाड र हिमाललाइ आफ्नो देश अनि जनतालाइ आफ्नो जनता ठान्दैनन । एमाले अध्यक्ष सिराहा , सप्तरीबाट जितेर आउन। शुभकामना!!
Puran Kc
Agrim badhai comred
Ramesh Khadka
Good
Giriraj Sangraula
बूढालाई पछार्ने दाउ पनि बुनेछन्
Ramnaresh Yadav
पक्का हार्छ यो बुढा
Rana Dhan Kumar
अगृम बधाइ छ काम्रेद लाइ
Ramesh Prasad Singh
राम चन्द्र यादब को पहार से खड़ा कर |
Ramesh Prasad Singh
परशु राम , कहिले मधेशी नेता लाई तिमी हरू वोटहाल्या छस |
Krishna Prasad Tiwari
Madesh ma amale Lai vote halne chai China bata Ali hora ? Sammanjanak doseo vote 18 taha ma jit
Yagya Raj Neupane
हिम्मत र आट भए यो छेत्र बाट चुनाव लडेर जितेर आउन ओलि ले खुट्टा कमाउनु हुन्न।
Dhan Bahadur Giri
Yedi amale ko dam cha bhane oli lai siraha -1 bata chunab ladau amale ka khurapati haru ho hoina bhane fb ma dherai bakbas nagara
Kashi Pdsah Kashi Sah
Oli madhes maa aaye jamanat japht garnu parchha.
Amar Ghotane
झापा बाट लोप्पा खाने जस्तो देख्यो कि क्या हो उखानेले?
Gum Magar
Agrimsubhakamana comred,
Magar Imandar
हार निश्चित छ।।
Magar Imandar
लोकतान्त्रिक फोरम,,
सङ्घीय समाजवादी फोरम
नेपाली काङ्ग्रेसले राजपालाइ छोड्दै छ,, सिराह एकमा।।
Buddhi Raj Thapaliya
atyadhhik bahumat ko rekard ko lagi suvakamana xa sradhaya adhaxe Comrede
Santosh Chaudhary
tero jamanat japt hunx madeshma
Raju Jaiswal
Har ch
Damar Grg
Oli ra prchanda pakka harxa