उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०८०
|
|
५० पटक हेरिएको
Shares
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा

सारांश

  • काठमाडौँ ।
  • आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयका विरुद्ध धर्ना दिन आज जिल्ला अदालत, काठमाडौँ पु्गेका उपप्राध्यापक प्रेम चलाउने सहितका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणका लिएको छ ।
  • अदालतभित्र उपप्राध्यापक चलाउने सहितका केही व्यक्तिले होहल्ला र नाराजुलुस गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

काठमाडौँ । आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयका विरुद्ध धर्ना दिन आज जिल्ला अदालत, काठमाडौँ पु्गेका उपप्राध्यापक प्रेम चलाउने सहितका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणका लिएको छ ।

अदालतभित्र उपप्राध्यापक चलाउने सहितका केही व्यक्तिले होहल्ला र नाराजुलुस गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । उनले भने, “अदालतमा होहल्ला गरेपछि प्रहरीले चलाउनेसहित केहीलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ, अन्यको नाम म कहाँ आएको छैन ।”

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि विसं २०७७ असोज २० गते नेविसङ्घका कार्यकर्ताले आक्रमण गरेको थियो । आक्रमण गर्नेविरुद्ध जिल्ला अदालत, काठमाडौँमा ज्यानसम्बन्धी मुद्दा विचाराधीन रहेको जनाइएको छ । भोलि ५ गते उक्त मुद्दाको पेसी तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगेको जानकारी पाएपछि मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गर्न उक्त टोली अदालत पुगेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् नेकपाका प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवका सात जिम्मेवारी
यी हुन् नेकपाका प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवका सात जिम्मेवारी
गठबन्धनमा भागबण्डाको सकस, बाबुरामलाई गोरखामा रोक्ने माओवादी रणनीति,
गठबन्धनमा भागबण्डाको सकस, बाबुरामलाई गोरखामा रोक्ने माओवादी रणनीति,
प्रदेश नं. ५ मा रु २० अर्बभन्दा बढीको बजेट ल्याउँदै
प्रदेश नं. ५ मा रु २० अर्बभन्दा बढीको बजेट ल्याउँदै
कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी
कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी
चैत १० देखि भोजपुर गोल्डकप
चैत १० देखि भोजपुर गोल्डकप
लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री डा खतिवडा
लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री डा खतिवडा
‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’
‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’
पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो ? हेर्नुहोस के मा कती घट्यो
पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो ? हेर्नुहोस के मा कती घट्यो
सात नियोग तथा केही दूतावास नेतृत्वविहीन
सात नियोग तथा केही दूतावास नेतृत्वविहीन
एनआईसी एशिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
एनआईसी एशिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता