दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
३९ पटक हेरिएको
Shares
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस

सारांश

  • संघीय समाजवादी फाेरमका केन्द्रीय सदस्य लक्ष्मण गुभाजुसहित दाेलखाकाे सिंगाे कमिटी एमालेमा बिलय भएकाे छ ।
  • अाज अायाेजित कार्यक्रममा समाजवादी फाेरमका सिंगाे जिल्ला कमिटीसहित सवै जनसंगठनका एमालेमा बिलय भएकाे हाे ।
  • समाजवादी फाेरम त्यागेर एमाले प्रवेश गर्नेहरुमा दाेलखा सिन्धुपाल्चाेक इञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य गुभाजु, दाेलखा जिल्ला अध्यक्ष इन्द्र तामाङ, उपाध्यक्ष टहलबहादुर थामी, सचिव साेनाम शेर्पा, सहसचिव प्रमिला श्रेष्ठलगायत रहेका छन ।

संघीय समाजवादी फाेरमका केन्द्रीय सदस्य लक्ष्मण गुभाजुसहित दाेलखाकाे सिंगाे कमिटी एमालेमा बिलय भएकाे छ । अाज अायाेजित कार्यक्रममा समाजवादी फाेरमका सिंगाे जिल्ला कमिटीसहित सवै जनसंगठनका एमालेमा बिलय भएकाे हाे ।

समाजवादी फाेरम त्यागेर एमाले प्रवेश गर्नेहरुमा दाेलखा सिन्धुपाल्चाेक इञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य गुभाजु, दाेलखा जिल्ला अध्यक्ष इन्द्र तामाङ, उपाध्यक्ष टहलबहादुर थामी, सचिव साेनाम शेर्पा, सहसचिव प्रमिला श्रेष्ठलगायत रहेका छन ।

उहाहरु प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारसमेत हुनुहुन्छ । कार्यक्रममा प्रदेह सभा २ का उम्मेदवार रहेका टहल थामीले उम्मेदवारी फिर्ता लिएकाे घाेषणा गर्दै अव एमाले उम्मेदवार पशुपति चाैलागाईलाई जिताउने अभियानमा लाग्ने घाेषणा गर्नुभयाे ।

यस्तै प्रतिनिधि सभा दाेलखाका उम्मेदवारसमेत रहेका लक्ष्मण गुभाजुले एमाले उम्मेदवार पार्वत गुरुङलाई समर्थन गर्द‌ै मतदानका लागि अाह्वान गर्नुभयाे । “पार्वत गुरुङलाई प्रतिनिधि सभा र पशुपति चाैलागाई, बिशाल खडकालाई दुई तिहाई मतका साथ जिताउन याे एकीकरण हाे,” गुभाजुले भन्नुभयाे ।

साे अवसरमा एमाले पाेलिटब्युराे सदस्य पशुपति चाैलागाई, केन्द्रीय सदस्य पार्वत गुरुङ, पुर्वमन्त्री अानन्द पाेखरेल र एमाले जिल्ला अध्यक्ष ईश्वर चन्द्र पाेखरेलले एमाले देशकाे लागि जनताकाे पक्षमा काम गर्ने पार्टी भएकाेले सवैकाे अाकर्षण बढेकाे जनाउदै एकतामा अाउने सवैलाई बधाई दिनुभयाे । “अव एमालेमा बिलय वा एकीकरण बाहेक अर्काे बिकल्प छैन, सवै याे बाटाेमा अाउनु पर्छ,” एमाले नेताहरुकाे भनाई थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
गरिमा बैंकले मिनाहा गर्यो असारको व्याज
गरिमा बैंकले मिनाहा गर्यो असारको व्याज
सभामुखले कांग्रेसलाई प्रश्न गर्न दिने, संसद अवरोध नहुने
सभामुखले कांग्रेसलाई प्रश्न गर्न दिने, संसद अवरोध नहुने
असोजदेखि कुद्ला त नेपाली भूमिमा रेल !
असोजदेखि कुद्ला त नेपाली भूमिमा रेल !
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
निर्मला पन्तको हत्या स्वीकारेका रावल पनि छुटे
निर्मला पन्तको हत्या स्वीकारेका रावल पनि छुटे
पाँच उपाध्यक्षले दिए नैनसि‌ंह महरलार्इ चेतावनी !
पाँच उपाध्यक्षले दिए नैनसि‌ंह महरलार्इ चेतावनी !
पाँचथर र  अर्घाखाँचीको ताजा मत पारीणाम
पाँचथर र अर्घाखाँचीको ताजा मत पारीणाम
प्रतिकारमा उत्रने युवा संघ र अनेरास्वबियू काे चेतावनी: हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन
प्रतिकारमा उत्रने युवा संघ र अनेरास्वबियू काे चेतावनी: हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन
‘Kedarnath’ director Abhishek Kapoor takes his pregnant wife Pragya on a lunch date!
‘Kedarnath’ director Abhishek Kapoor takes his pregnant wife Pragya on a lunch date!