दृष्टिविहीन खेलाडीको कीर्तिमान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २८, २०७३
|
|
१३२ पटक हेरिएको
Shares

सारांश

  • नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन् ।
  • जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्तिमानी खेलाडी बनेका हुन् ।
  • आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन् ।
जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्तिमानी खेलाडी बनेका हुन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

बी थ्री क्याटेगोरीका पदम दृष्टिविहीन विश्वकप क्रिकेटमै दोहोरो शतक प्रहार गर्ने दोस्रो क्रिकेटर बनेका छन् । नेपालका लागि भने शतक र दोहोरो शतक प्रहार गर्ने उनी नै पहिलो क्रिकेटर हुन् ।

यसअघि सन् २०१२ मा भएको पहिलो विश्वकप क्रिकेटमा पाकिस्तानका मोहम्मद अक्रमले वेस्ट इन्डिजविरुद्ध दुई सय ६४ रन प्रहार गरेका थिए । त्यसयता अन्य कुनै पनि देशका खेलाडीले दोहोरो शतक प्रहार गर्न सकेका थिएनन् । टेस्ट मान्यता पाएका १० मध्ये नौ राष्ट्र (जिम्बाबेबाहेक) का दृष्टिविहीन टोलीले प्रतिस्पर्धा गर्ने विश्वकपमा नेपाली खेलाडीले दोहोरो शतक प्रहार गर्नु महत्ववपूर्ण उपलब्धि हो । सन् २०१२ देखि सुरु भएको दृष्टिविहीन टीट्वेन्टी विश्वकपमा प्रतिस्पर्धा गर्ने नेपाल एकमात्र टेस्ट मान्यता नपाएको राष्ट्र हो ।

न्युजिल्यान्डविरुद्धको खेलमा पदम र नेपालका अन्य केही कीर्तिमानसमेत कायम भएका छन् । पदमले शुक्रबार न्युजिल्यान्डविरुद्ध मात्र ९० बलको सामना गर्दै ३६ चौका प्रहार गरे जुन अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालिमा कुनै पनि नेपाली खेलाडीले प्रहार गरेको सर्वाधिक चौका हो ।

पदमले ऐतिहासिक प्रदर्शनमा खुसी लागेको बताए । ‘दोहोरो शतक प्रहार गर्छु भनेर त सोचेको थिइनँ । टिमलाई जिताउँछु भनेर गएको थिएँ’, २१ वर्षीय पदमले भने, ‘दोहोरो शतक प्रहार गर्न सकेकोमा खुसी लागेको छ । आगामी प्रतियोगितामा पनि यस्तो प्रदर्शन जारी नै राख्नेछु ।’ कैलालीका अलराउन्डर पदम पछिल्लो पाँच वर्षयता दृष्टिविहीन क्रिकेट खेल्दै आइरहेका छन् ।

पदमको कीर्तिमानी प्रदर्शनसँगै नेपालले न्युजिल्यान्डलाई एक सय ११ रनको ठूलो अन्तरले पराजित गर्न सफल भयो । यो जित पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा हात पारेको (रनका आधारमा) अहिलेसम्मकै सर्वाधिक ठूलो अन्तरको जित हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको गोप्य भेटघाट सकेर पूर्वराजा ज्ञानेन्द्र आज सिमरा जाँदै, यस्तो छ रहस्य
पोखराको गोप्य भेटघाट सकेर पूर्वराजा ज्ञानेन्द्र आज सिमरा जाँदै, यस्तो छ रहस्य
आलेख : गौरीशंकर जोगियोस्, पर्यटक ल्याउन पाइयोस् – उत्तरी दोलखाली
आलेख : गौरीशंकर जोगियोस्, पर्यटक ल्याउन पाइयोस् – उत्तरी दोलखाली
दुई चुलोमा जनयुद्ध दिवसको भान्सा, आहुति, किराँती र लोकेन्द्र बैद्यतिर
दुई चुलोमा जनयुद्ध दिवसको भान्सा, आहुति, किराँती र लोकेन्द्र बैद्यतिर
गौर हत्याकाण्डमा प्रभु साह दोषी रहेको भन्दै गठबन्धनद्वारा कारबाहीको माग
गौर हत्याकाण्डमा प्रभु साह दोषी रहेको भन्दै गठबन्धनद्वारा कारबाहीको माग
सेयर बजारका खेलाडी जट्टाधारी बाबा, सांसारिक सुख त्यागे तर सकेनन् सेयर बजार छोड्न
सेयर बजारका खेलाडी जट्टाधारी बाबा, सांसारिक सुख त्यागे तर सकेनन् सेयर बजार छोड्न
भक्तपुरमा नेकपा एमालेको घरदैलाे (फोटो फिचर)
भक्तपुरमा नेकपा एमालेको घरदैलाे (फोटो फिचर)
Sanya Malhotra and Radhika Madan starrer ‘Pataakha’ First Look poster is out!
Sanya Malhotra and Radhika Madan starrer ‘Pataakha’ First Look poster is out!
सुपर ओभरमा जितपछि मुम्बई प्लेअफमा
सुपर ओभरमा जितपछि मुम्बई प्लेअफमा
परराष्ट्रमन्त्री ज्ञवालीको गर्जन: सत्ता टिकाउन कसैसँग तमसुक लेखाउन जरुरी छैन !
सदनको सभामुखमा ‘अग्नि सर’
सदनको सभामुखमा ‘अग्नि सर’

तपाईंले छुटाउनुभयो कि?