शुरु भयो माछा मार्ने जात्रा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर ।
  • भक्तपुरमा ऐतिहासिक एवं प्रसिद्ध नवदुर्गाको माछा मार्ने अर्थात न्यालाकेगु जात्रा शुरु भएको छ ।
  • भक्तपुर नगरपालिका–९ सूर्यमढी, वापे पाछाय्किगुबाट जात्रा शुरु भएको हो ।

भक्तपुर । भक्तपुरमा ऐतिहासिक एवं प्रसिद्ध नवदुर्गाको माछा मार्ने अर्थात न्यालाकेगु जात्रा शुरु भएको छ । भक्तपुर नगरपालिका–९ सूर्यमढी, वापे पाछाय्किगुबाट जात्रा शुरु भएको हो । हरेक वर्षझै नवदुर्गा देवगण जात्रा विभिन्न २१ स्थानमा सञ्चालन हुने परम्परा रहेको जात्रा व्यवस्थापन समितिका रत्नमान वनमालाले जानकारी दिए ।

सूर्यमढी, तचपाल, क्वाठण्डौ, गछेँ, दथुटोल, इनाचो, गोल्मढी, याछँे, तौमढी, तालाको, मुलाखु, गःहिटी, क्वाछँे, टिबुक्छेँ, विलाछँे, खौमा, इताछेँ, बालाखु, तुलाछें, चोछें, इच्छुमा माछा मार्ने जात्रा चलाउने गरिन्छ ।

मल्लकालदेखि नै सञ्चालन हुँदै आएको सो जात्रामा देवीले पहिरण र मुकुण्डो लगाई बाजाको तालमा देवगणले नाच्ने गर्दछन् । सो नाचमा खिंबाजा, तंबाजा, कंशबाजा, भैरव, महाकाली, बाराही, कुमारी, गुज्यकाली, महालक्ष्मी, महादेव, गणेश, ब्रह्मायणाी, महेश्वरी, भद्रकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह र श्वेतभैरव देवगण रहेको हुन्छ ।

जसअनुसार फरक–फरक ढङ्गका व्यवहार, पञ्चरङ्ग ९रातो, कालो, सेतो, हरियो, पहेँलोबाट विभिन्न किसिमको नाच प्रस्तुत गर्ने चलन छ । नारीक्रोध, दानव नरसंहार, नारी विलाप, केटाकेटीको चकचके व्यवहार, मानव जीवनमा गर्ने बेलविवाह, दाम्पत्य जीवनमा हुने रीतिरिवाज, मतिना नाचसँगै जात्रा देखाइन्छ ।

जात्रामा माछा, अण्डा, बारा, चतामारी, योमारी, भटमास, सम्हेबजी, मासुको परिकार, गेडागुडी, दही चिउरा साथै चौरासी व्यञ्जनको प्रयोग हुन्छ । पञ्चबलिको रुपमा हाँस, कुखुरा, राँगो, बोका, भेडा बलि दिने गरेको पाइन्छ । साथै मुख्य बलिको रुपमा सुँगुर लखेटेर ९बां लिकेगु० जात्रा मनाउने चलन रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माइनस ७ डिग्री जाड़ोका कारण बरफ जमेको पानीमा मनाइयो छठ
माइनस ७ डिग्री जाड़ोका कारण बरफ जमेको पानीमा मनाइयो छठ
Box office roundup July: Sanju storm continues while Dhadak and Mission Impossible Fallout shine bright
Box office roundup July: Sanju storm continues while Dhadak and Mission Impossible Fallout shine bright
व्यापार सन्धिका प्रावधानहरुमा पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव
व्यापार सन्धिका प्रावधानहरुमा पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव
अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश ट्रम्प प्रशासनद्वारा फिर्ता
रास्वपाको अनुशासन आयोगले मुकुललाई सोध्यो स्पष्टीकरण
रास्वपाको अनुशासन आयोगले मुकुललाई सोध्यो स्पष्टीकरण
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति
उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति
भीम रावलदेखि योगेश भट्टराई ओलीको आलोचनामा, शंकर पोखरेल बचाउमा
भीम रावलदेखि योगेश भट्टराई ओलीको आलोचनामा, शंकर पोखरेल बचाउमा

तपाईंले छुटाउनुभयो कि?