एनालग टीभी बन्द : ३० लाख ग्राहक प्रभावित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
४२ पटक हेरिएको
Shares
एनालग टीभी बन्द : ३० लाख ग्राहक प्रभावित

सारांश

  • काठमाडौं : सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि काठमाडौंका सबै र ललितपुरका केही स्थानमा एनालग टीभी बन्द गरेको छ।
  • मन्त्रालयबाट खटिएको अनुगमन टोलीले बुधबार विभिन्न केबल टेलिभिजनप्रदायक कम्पनीमा अनुगमन गरी एनालग टीभी बन्द गरेको हो।
  • एनालग टेलिभिजन बन्द भएसँगै काठमाडौं र ललितपुर गरी झन्डै ३० लाख ग्राहक प्रभावित भएका छन्।

काठमाडौं : सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि काठमाडौंका सबै र ललितपुरका केही स्थानमा एनालग टीभी बन्द गरेको छ। मन्त्रालयबाट खटिएको अनुगमन टोलीले बुधबार विभिन्न केबल टेलिभिजनप्रदायक कम्पनीमा अनुगमन गरी एनालग टीभी बन्द गरेको हो। एनालग टेलिभिजन बन्द भएसँगै काठमाडौं र ललितपुर गरी झन्डै ३० लाख ग्राहक प्रभावित भएका छन्। उनीहरूले बुधबारदेखि टेलिभिजन हेर्न पाउने छैनन्।

मन्त्रालयबाट केबल टेलिभिजन शाखाका शाखा प्रमुख विष्णुकुमारी भट्टराई र फ्रिक्वेन्सी विभागका प्रमुख अनुप नेपालको नेतृत्वमा टोली अनुगमनमा गएको थियो। टोलीले अनुगमनका क्रममा सुबिसु केबल नेटवर्क प्रालि, सोनिङ केबल टीभी, काठमाडौं केबल, जावलाखेल केबल नेटवर्क, स्पेसटाइम नेटवर्क, सीईसी केबल नेटवर्क प्रालि र स्काई केबल टीभी प्रालिले प्रदान गरिरहेको एनालग टेलिभिजन सेवालाई बन्द गरिदिएको छ। एनालग टीभी बन्द भएसँगै काठमाडौं र ललितपुरमा करिब ३० लाख ग्राहक प्रभावित भएको नेपाल केबल टीभी महासंघका अध्यक्ष सुधिर पराजुलीले बताए।

उनका अनुसार काठमाडौं उपत्यकाका २५ प्रतिशत ग्राहकले मात्र अहिलेसम्म डिजिटल सेटअप बक्स प्रयोग गर्ने गरेका छन्। डिजिटल सेटअप बक्स नभएका ग्राहकल टीभी हेर्न नपाउने भएका हुन्। उनका अनुसार व्यवसायीको रूपमा हेर्ने हो भने सरकाले चालेको कदम एकदमै उचित हो। ‘यो व्यवसायी आफैंले माग गरेको विषय भएकाले हामी यसमा सहमत छौं’, पराजुलीले भने, ‘तर चुनावको मुखमा ग्राहकलाई सूचनाबाट बञ्चित गराउनु उपयुक्त देखिँदैन।’

नेपाल केबल टीभी महासंघले प्रत्येक हप्ता च्यानलको संख्या घटाउँदै ग्राहकलाई डिजिटलमा लैजाने भनेर केही दिन अघिमात्र व्यवसायीलाई पत्र पठाएको थियो।

उनका अनुसार नेपाल केबल टीभी महासंघले प्रत्येक हप्ता च्यानलको संख्या घटाउँदै ग्राहकलाई डिजिटलमा लैजाने भनेर केही दिन अघिमात्र व्यवसायीलाई पत्र पठाएको थियो। ‘हामीले मंसिर १ गतेसम्म ५० वटा च्यानलबाट ३० वटा च्यानलमा झार्ने र त्यसको अर्को हप्ताबाट हप्तामा पाँच वटाका दरले घटाउँदै जाने योजनाबारे मन्त्रालयलाई पत्राचार गरेका थियौं’, पराजुलीले भने, ‘हामीले चुनाव पछिमात्र एनालगलाई बन्द गर्ने योनजा बनाएका थियौं।’ तर सरकारले त्यसलाई बेवास्ता गर्दै एक्कासि बन्द गरिदिदाँ व्यवसायीभन्दा पनि ग्राहक मारमा परेको उनले बताए। उता मन्त्रालयले भने समय समयमा बन्द गर्न निर्देशन दिएको र बुधबार अन्तीम मिति भएकाले बन्द गर्न बाध्य भएको जनाएको छ।

मन्त्रालयका फ्रिक्वेन्सी विभागका प्रमुख अनुप नेपालका अनुसार मन्त्रालयले केबल व्यवसायीलाई एनालग प्रविधि बन्द गर्न धेरै पटक पत्रमार्फत आग्रह गर्दा पनि कार्यान्वयन नभएकाले बन्द गर्नु पर्ने अवस्था आएको बताए। ‘बन्द गर्ने क्रममा व्यवसायीमार्फत कुनै गुनासो आएको छैन, व्यवसायीले हामीलाई सहयोग गरेका छन्’, नेपालले भने, ‘तर काठमाडौं उपत्यकाका ग्राहकलाई भने चुनावको समयमा असर पर्ने भएको छ।’ उनका अनुसार डिसहोम बाहेकलाई हेर्ने हो भने अहिलेसम्म ११ लाखको हाराहारीमा सेटअप बक्स विभिन्न सेवा प्रदायकमार्फत नेपालमा भित्रिएका छन्।

३० लाखको हाराहारीमा एनालग ग्राहक भएको काठमाडौंमा ११ लाखलेमात्र टेलिभिजन हेर्नु भनेको ठूलो समस्या हो। समस्या भए पनि यसलाई कार्यान्वयनमा ल्याउनु पर्नेछ। डिजिटल नेपालका लागि यो आवश्यक पनि हो। एनालग प्रविधि बन्द भएसँगै डिस होम, सिम टीभी, सुबिसु, स्काई टीभी, हाम्रो टीभीलगायत डिजिटल टेलिभिजन प्रदायक कम्पनीलाई भने अप्रत्यक्ष रूपमा सहयोग पुगेको छ।

अहिले देशभर साढे आठ सय टेलिभिजन प्रसारण कम्पनीले अनुमति लिएका छन्। यीमध्ये आधाभन्दा बढीको सेवा सञ्चालनमा छ। यसमध्ये एक दर्जन मात्रैले डिजिटल सेवा दिएका छन्। काठमाडौंबाट सुरु भएको सरकारको यस कदमले सबै केबल टीभीले डिजिटल सेवा दिनुपर्ने हुन्छ। यसका लागि व्यवसायीले आवश्यक तयारी गर्नु पर्ने देखिएको छ | अन्नपूर्ण पोस्ट बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसको केन्द्रीय सभापति देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुने !
नेपाली कांग्रेसको केन्द्रीय सभापति देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुने !
वरिष्ठ नेता खनालले राजपालाई लगाएको आरोप यस्तो छ ।
वरिष्ठ नेता खनालले राजपालाई लगाएको आरोप यस्तो छ ।
गुगलको सिइयो भन्दा बढी कमाउँछिन उर्फी जाबेद
गुगलको सिइयो भन्दा बढी कमाउँछिन उर्फी जाबेद
काँग्रेसले कायापलट गरेर देखाउँछ – नेता डा शेखर कोइराला
काँग्रेसले कायापलट गरेर देखाउँछ – नेता डा शेखर कोइराला
सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने गठबन्धनको निर्णय
सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने गठबन्धनको निर्णय
वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण
वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण
अर्थमन्त्री डा महतले भनेः  खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
अर्थमन्त्री डा महतले भनेः खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
संसदमा सरकारको ’नैतिकता’ खोज्दै देउवा, प्रधानमन्त्रीको ’राजीनामा’ माग्दै बाबुराम
संसदमा सरकारको ’नैतिकता’ खोज्दै देउवा, प्रधानमन्त्रीको ’राजीनामा’ माग्दै बाबुराम
एमालेका शेरधन राई १३ हजार मतअन्तरले विजयी  ?
एमालेका शेरधन राई १३ हजार मतअन्तरले विजयी ?
माओवादी केन्द्रको बैठक बस्दै