वाम गठबन्धनले मात्र जनताको अधिकार दिलाउन सक्ने दाबी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
वाम गठबन्धनले मात्र जनताको अधिकार दिलाउन सक्ने दाबी

सारांश

  • सिराहा ।
  • पूर्वमन्त्री तथा माओवादी केन्द्रका पोलटब्युरो सदस्य अजय शंकर नायक ले मधेसी जनतालाई वाम गठबन्धनले मात्रै अधिकार र मुक्ति दिलाउन सक्ने बताएका छन्।
  • सिराहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेता नायकले चुनावी सभालाई सम्बोधन गर्दै मधेसी जनतालाई वाम गठबन्धनबाहेक अरुले अधिकार दिलाउन नसक्ने बताएका हुन्।

सिराहा । पूर्वमन्त्री तथा माओवादी केन्द्रका पोलटब्युरो सदस्य अजय शंकर नायक ले मधेसी जनतालाई वाम गठबन्धनले मात्रै अधिकार र मुक्ति दिलाउन सक्ने बताएका छन्।

सिराहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेता नायकले चुनावी सभालाई सम्बोधन गर्दै मधेसी जनतालाई वाम गठबन्धनबाहेक अरुले अधिकार दिलाउन नसक्ने बताएका हुन्।

मधेसवादी दलले वाम गठबन्धनबाट मधेसी जनतालाई अधिकार र मुक्ति मिल्न नसक्ने बताउँदै भ्रम फिँजाएको भन्दै उनले वाम गठबन्धन मधेसी जनताको अधिकार संविधानमा थप समाविष्ट गराउँदै अधिकार दिलाउन तयार रहेको बताएका हुन् ।

मधेसी, जनजाति, थार, मुस्लिम, दलित, महिला लगायत उत्पीडित वर्गलाई अधिकार दिलाउनकै लागि माओवादी(एमाले लगायतका वाम शक्तिबीच गठबन्धन भएको बताउँदै उनले भने, ‘एमाले(माओवादीबीच मधेसी, थारू, जनजाति, दलित, महिला, लगाायत उत्पीडित वर्गको अधिकारलाई संशोधनमार्फत संविधानमा समेट्दै लैजाने सहमति भएको छ, त्यसकारण वाम गठबन्धनबाट नै मधेसी जनतालाई मुक्ति र अधिकार मिल्ने कुरामा आशंका गर्न जरूरी छैन ।’

मधेसी जनताका लागि खुलेको पार्टी भनाउँदाहरूले अहिले आफ्नो पार्टीको नामबाट मधेसी हटाउँदै राजपा, फोरम लगायत राखेको बताउँदै उनले अब मधेसवादी दल भनिननेबाट मुक्ति नमिल्ने प्रष्ट पारे ।

वाम गठबन्धनलाई असफल बनाउन विदेश शक्तिले ठुलाठुला योजना बुनेको बताउँदै भने “विदेशीहरु गठबन्धन भत्काउन सक्रिय छन्, नेपालबाट गरिबी, बेरोजगार, जनजीविका र विकासका समस्या यथावत रहोस् भन्ने ती शक्तिको चाहना छन् ।”

सबै मतदाता र जनता एक भएमा विदेशीको योजना असफल हुने बताउदै उनले देशमा स्थिरता कायम गर्नका लागि गठबन्धनलाई जनताको साथ र सहयोग चाहिएको बताए ।

हरेक टोल र गाउँमा विकास, बेरोजगारी, गरिबी र जनजीविकाको समस्या रहेको बताउँदै उनले ती सबै समस्याको समाधानका लागि वाम गठबन्धन बनेको बताए ।
पूर्वमन्त्री नायक हाल मतदाताको घरदैलो तथा चुनावी अभियानमा व्यस्त छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?