बौद्ध धर्मावलम्वीलाई विजयादशमी के हो ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २७, २०७५
|
|
४२ पटक हेरिएको
Shares
बौद्ध धर्मावलम्वीलाई विजयादशमी के हो ?

सारांश

  • असत्यमाथि सत्यको विजय अर्थात आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको खुशियालीमा मनाइदै आएको दशैं अर्थात विजयादशमीको उल्लासमय वातावरण छाइसकेको छ ।
  • घटस्थापनाका दिन घरघरमा जमरा राख्दै सुरु भएको बडा दशै नेपाल भित्र मनाइने चाडपर्वमध्ये सबैभन्दा बढि जनसहभागिता हुने र सबै भागमा उत्तिकै महत्वका साथ मनाइने गरिन्छ ।
  • बडा दशै हिन्दु धर्मावलम्वीका लागि सबैभन्दा ठूलो चाड हो ।

असत्यमाथि सत्यको विजय अर्थात आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको खुशियालीमा मनाइदै आएको दशैं अर्थात विजयादशमीको उल्लासमय वातावरण छाइसकेको छ । घटस्थापनाका दिन घरघरमा जमरा राख्दै सुरु भएको बडा दशै नेपाल भित्र मनाइने चाडपर्वमध्ये सबैभन्दा बढि जनसहभागिता हुने र सबै भागमा उत्तिकै महत्वका साथ मनाइने गरिन्छ । बडा दशै हिन्दु धर्मावलम्वीका लागि सबैभन्दा ठूलो चाड हो । बडा दशै अर्थात विजयादशमी बौद्ध धर्मावलम्वीका लागि पनि विशेष मानिन्छ । इतिहास हेर्ने हो भने विजयादशमी बौद्धमार्गीका लागि पनि महत्वपुर्ण छ । बौद्ध धर्ममा विजयादशमीलाई अहिंशात्मक पर्वको रुपमा रहेको छ । मौर्य सम्राट तथा बौद्ध धर्मका सबैभन्दा ठूला प्रचारक अशोकले विजयादशमीकै दिन सम्पुर्ण शस्त्र अस्त्र र हिंशात्मक गतिविधि त्यागेर बौद्ध धर्मको अलम्वन र प्रचारप्रसार गरेका थिए । त्यसैले पनि विजयादशमी बौद्धमार्गीका लागि पनि विशेष दिन हो ।

प्रथम मौय सम्राट चन्द्रगुप्तको मृत्युपश्चात छोरा विन्दुसारले २५ वर्ष जति शासन गरे । उनको मृत्यु पछि अशोकले १ सय १ दाजुभाई मध्ये एक जनालाई छोडि बाँकी सबैको हत्या गरी आसपासका राज्य समेतलाई आफ्नो राज्यमा मिलाई चक्रवर्ती सम्राटको रुपमा शासन गर्न थाले । त्यस्तै उनले आफ्नो शक्ति विस्तार गर्ने क्रममा कलिंगमा ठूला मानवसम्भार गरे । कलिंगमा भएको ठूलो मानवसम्भार र धनसम्पत्तिको क्षति पछि भने सम्राट अशोकमा विरक्त भाव उत्पन्न भयो ।

विरक्तिएका अशोकले विजयादशमीकै दिन प्रतिज्ञा गरी हिंशात्मक गतिविधि छोडी अहिंशात्मक धर्म प्रचारमार्फत विजय प्राप्त गर्छु भनि शस्त्र अस्त्र त्याग गरे । साथै बुद्धले प्रतिपादन गरेको अहिंशा धर्मको अनुशरण गरी सम्पुर्ण प्रजाहरुलाई पनि निर्देशन दिए । सम्राट अशोकले यसरी शस्त्र अस्त्र त्यागको घोषणा गर्दा युद्धबाट पीडित बनेका प्रजाहरुमा खुशीयाली छायो । त्यस यता बौद्ध धर्मावलम्वीले विजयादशमीलाई शस्त्र परित्याग दिवसको रुपमा मनाउदै आएका छन् । विजयादशमीमा पञ्जशील पालन गर्ने, दान दक्षिण गर्ने, प्राणी हत्या त्यागी प्राणी रक्षा गर्ने लगायतका पूण्य कार्यहरु बौद्ध धर्मावलम्वीले गर्दै आएका छन् ।

यसैगरि विजयदशमीका दिन गुरु पद्म संभव (गुरु रिन्पोछे) ले काठमाण्डौं स्थित फर्पिङको शेषनारायण गुफामा सम्यक समाधिमा बस्नुहुँदा बज्रकिलायको शक्तिद्धारा बिध्न–बाधा पु¥याउने अमनुष्य जातीहरुको दमन गरि महाविद्याधरको परम सिद्धि प्राप्त गर्नु भएको पावन तिथि मानिन्छ ।

यसकारण यतिका महत्व बोकेको यस महापुण्य तिथिमा धर्मको नाऊँमा गरिने अकुशल कर्महरुको फल बलवान ( दुगर्तिको हेतु ) हुने पनि सुत्र तन्त्रमा उल्लेख गरिएको पाईनछ i

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशमा स्वास्थ्य सुधार नीति ल्याउने : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशमा स्वास्थ्य सुधार नीति ल्याउने : मुख्यमन्त्री जम्कट्टेल
ओली-दाहाल भेट सम्पन्न, मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे दाहाल रुष्ट
कास्कीमा दुर्लभ ‘किङ कोब्रा’ भेटिएपछि संरक्षण शुरु
कास्कीमा दुर्लभ ‘किङ कोब्रा’ भेटिएपछि संरक्षण शुरु
सन् २०१९ वर्षको विश्व राजनीति : चर्चाको शिखरमा अमेरिका
सन् २०१९ वर्षको विश्व राजनीति : चर्चाको शिखरमा अमेरिका
नेकपा एमालेले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित
नेकपा एमालेले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित
Rəsmi veb saytı bağlayın️ Sürətli ödənişlər, gündəlik bonuslar, bütün bunlar sizi pin up casinoda gözləyi
प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले आपसी मेलमिलाप – राष्ट्रपति
1xBet AZ rəsmi sayt 1xBet Azərbaycan bukmeker kontoru, bonuslar, AP
अन्ततः शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का, बाँकी प्रदेशमा को–को ?
अन्ततः शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का, बाँकी प्रदेशमा को–को ?
क्वारेन्टाइन निर्माण पूरा : सङ्क्रमण फैलन नदिन उच्च सर्तकता
क्वारेन्टाइन निर्माण पूरा : सङ्क्रमण फैलन नदिन उच्च सर्तकता