गुल्मी २ का कांग्रेस उम्मेदवार भन्छन्- कम्युनिष्ट गढ भत्काउँछु
सारांश
- १ मंसिर, गुल्मी ।
- गुल्मी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धा फरक खालको बन्ने देखिएको छ ।
- गुल्मी २ मा केन्द्रमा र जिल्ला तहमै चर्चित वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले केन्द्रीय सचिव गोकर्ण बिष्टसँग कांग्रेस गुल्मीका पूर्व जिल्ला सभापति चन्द्र केसी उम्मेदवार छन् ।
१ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धा फरक खालको बन्ने देखिएको छ । गुल्मी २ मा केन्द्रमा र जिल्ला तहमै चर्चित वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले केन्द्रीय सचिव गोकर्ण बिष्टसँग कांग्रेस गुल्मीका पूर्व जिल्ला सभापति चन्द्र केसी उम्मेदवार छन् ।
बिष्ट दुई पटकसम्म सोहि क्षेत्रबाट निर्वाचित भएका थिए । केसी पार्टी सभापति हुँदा केहि कामहरु गरेका केसी ०५६ सालमा सम्पन्न निर्वाचनमा साबिकको २ नम्बर क्षेत्रबाट एमालेका प्रदिप ज्ञवालीसँग पराजित भएका थिए । केसी ०५४ सालमा सम्पन्न स्थानिय निकायको निर्वाचनमा जिबिस सभापतिमा निर्वाचित भएका थिए ।
०५१ सालमा एमालेबाट टंक पोखरेल, ०५६ सालमा गोकर्ण बिष्ट, ०६४ सालका माओवादीबाट चन्द्रबहादुर थापा ‘सागर’, ०७० सालमा पुनः गोकर्ण बिष्ट निर्वाचित भएका थिए । झण्डै २५ वर्षको अवधिमा कम्युनिष्टले किल्ला जमाउँदै आएको क्षेत्रमा पुनः बाम गठबन्धन बलियो देखिएको छ । तर केसीले यसपटक कम्युनिष्टको गढ तोड्ने बताएका छन् ।
विष्टले आर्थिक, सामाजिक, शैक्षिक, तथा कृषि पर्यटनको क्षेत्रमा नयाँ योजना सार्वजनिक गरेका हुन् । उनले आफू जिविस सभापति हुँदा गुल्मीमा धेरै बिकासका योजनाहरु सुरुवात गरेपनि ति अझै पूरा नभएकाले पूरा गर्ने लक्ष्यले आफू लागिपर्ने बताए ।
उनले यस क्षेत्रमा कम्यूनिष्टहरुले शासन गर्दै आएपनि बिकासले गति लिन नसकेकाले अब जनताले परिवर्तनको पक्षमा आफूलाई रोज्ने दावी गरे ।’तत्कालिन जिविस सभापति हुँदा गुल्मी जिल्लामा डोजर भित्राउने मै हुँ’ उनले विश्वस्त हुँदै भने ‘बिकासको सुरुवाती पनि मैबाट भएको थियो त्यसैले जनताले मलाई मत दिन्छन् ।’
उनले प्रतिपक्षीले बिकास भन्दा पनि हल्ला बढी गरेको आरोप लगाए ।
Dhurba Ghimire
bhotle bhatkinna gaiti becha gal lagera bhakaye matrai hehehe
Laxmi Sunar
घनले हानेर भत्काउने हाे र ?
Siromani Pokharel
Emabush padkaer chahi holanee byalet kokurat paragaisako nee.
Niroj Shrestha
ल भयो दुःख नगरौ
Rajaram Subedi
कही नभको जात्रा हाडीगाउमा कहाको गोक्रर्ण कहा को के।
Ratan B Gurung
Lo tero anuhar dekhi nai thaha bhayo
Harihar Bhandari
No chance for u this time respected Chandra Daji ,