तेल चोर्न पाउनुपर्‍यो भनी आन्दोलन

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
२० पटक हेरिएको
Shares
तेल चोर्न पाउनुपर्‍यो भनी आन्दोलन

सारांश

  • काठमाडौं २४ मंसिर ।
  •  इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्।
  • उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो।

काठमाडौं २४ मंसिर ।  इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेको छ। यसपछि चालकले तेल चोर्न पाएका थिएनन्। अहिले एक दिनमै करोडौं मूल्यको तेल ‘चोर्न’ पाउनुपर्ने उनीहरूको माग छ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले प्रत्येक ट्यांकरका पाँचवटै च्याम्बरमा तीन सेन्टिमिटरसम्म तेल मिलाउन पाउनुपर्ने माग राखेको हो। तीन सेन्टिमिटरमा ९० लिटर तेल अट्छ। देशभरिका एक हजार आठ सय ट्यांकरले तीन सेन्टिमिटर ‘तेल मिलाउँदा’ प्रतिदिन डिजेल र पेट्रोलमा चार करोडभन्दा बढी मूल्यको तेल हिनामिना हुन्छ।

निगम स्रोतका अनुसार ट्यांकरमा लकिङ प्रविधि जडानपछि विराटनगरको एउटा अपवाद घटनाबाहेक चालकहरूले तेल चोरी गर्न पाएका थिएनन्। यसपछि नै उनीहरूले क्षेत्रीय डिपोहरूमा चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका हुन्।

निगमले चालकहरूको माग पूरा गरे तीन सेन्टिमिटर मिलाउने नाममा प्रतिदिन करोडौं घोटाला हुन्छ। एक खेपमा मात्रै प्रतिट्यांकर डिजेलतर्फ सातहजार चार सय २५ रूपैयाँको ७५ लिटर र पेट्रोलतर्फ सात हजार सात सय २८ रूपैयाँको ६९ लिटर घोटाला हुन्छ।

संघले शुक्रबार थानकोट डिपोमा १० सूत्रीय माग राखेर ४० वटा ट्यांकरको इन्धनसमेत अनलोड गरेनन्। ‘चालकहरूको यो माग निकै घातक छ,’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘यो मागका पछाडि धेरै ठूलो भूमिका खेलिएको छ। सम्पूर्ण ट्यांकरमा तीन सेन्टिमिटरसम्म तेल मिलाउन पाउनुपर्ने माग राखेर इन्धनमा ठूलो चलखेल गर्न खोजिएको छ। चालकहरूलाई दैनिक करोडौं मूल्यबराबरको इन्धनको घोटाला गर्न दिन मिल्दैन।’

उनकाअनुसार लकिङ प्रणालीले इन्धनको चोरी र चुहावट ९८ प्रतिशतसम्म नियन्त्रण गरेको थियो। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले आफ्ना ट्यांकरमा पनि चुहावट नियन्त्रणका लागि यही प्रविधि जडान गरेको छ। ‘हामीले सकेसम्म शतप्रतिशत चुहावट रोक्न आईओसीको सहयोगमा यो प्रविधि जडान गरेका थियौं,’ थानकोट डिपो प्रमुख भरत रेग्मीले भने, ‘यति गर्दागर्दै पनि केही साताअघि विराटनगरको २० हजार लिटरको एउटा ट्यांकरबाट चालकले लकिङ प्रणाली बिगारेर दुई हजार पाँच सय लिटर डिजेल चोरी गर्‍यो।’ लकिङ प्रविधिलाई समेत नछाड्ने चालकको माग पूरा गर्न नसकिने निगमले जनाएको छ। अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणको ठेक्का तोड्ने चेतावनी
कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणको ठेक्का तोड्ने चेतावनी
सरकारमाथि यसरी खनिए गच्छदार
सरकारमाथि यसरी खनिए गच्छदार
विश्वकपबाट आकर्षकका केन्द्रविन्दु मेसी र रोनाल्डो घर फर्के, समर्थक निराश
संघीय व्यवस्थापिकाको भवन पुसभित्र तयार हुने
संघीय व्यवस्थापिकाको भवन पुसभित्र तयार हुने
यसकारण खारेज हुन सक्छन नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम पनि !
कोरोनाबाट थप ५ जनाको मृत्यु, कुल मृतकको सख्या १९३२ पुग्यो
भोलि काठमाडौंमा सेनाको निःशुल्क बस सेवा, यस्तो छ रुट
भोलि काठमाडौंमा सेनाको निःशुल्क बस सेवा, यस्तो छ रुट
अन्ततः काठमाडौँ आइपुग्यो मेलम्ची
वाइडबडी प्रकरणको प्रतिवेदन लेखा समितिमा आज विस्तृत छलफल हुँदै
वाइडबडी प्रकरणको प्रतिवेदन लेखा समितिमा आज विस्तृत छलफल हुँदै
३३ बर्षीय बाबुद्वारा १४ बर्षकी छोरीलाई बलात्कार
३३ बर्षीय बाबुद्वारा १४ बर्षकी छोरीलाई बलात्कार

तपाईंले छुटाउनुभयो कि?