भारत भ्रमण परिणाममुखी: प्रधानमन्त्री दाहाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०८०
|
|
३८ पटक हेरिएको
Shares
भारत भ्रमण परिणाममुखी: प्रधानमन्त्री दाहाल

सारांश

  • काठमाडौं ।
  • भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भ्रमण फलदायी र सार्थक भएको बताएका छन् ।
  • भारत भ्रमण पुरा गरि शनिबार स्वदेश फर्किएलगतै त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले आफ्नो भ्रमण फलदायी र सार्थक भएको भन्दै भ्रमणबाट दुईपक्षीय सम्बन्ध थप प्रगाढ भएको बताए ।

काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भ्रमण फलदायी र सार्थक भएको बताएका छन् ।

भारत भ्रमण पुरा गरि शनिबार स्वदेश फर्किएलगतै त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले आफ्नो भ्रमण फलदायी र सार्थक भएको भन्दै भ्रमणबाट दुईपक्षीय सम्बन्ध थप प्रगाढ भएको बताए ।

उनले अहिलेको भ्रमण विगतको भ्रमण भन्दा फरक रहेको र परिणाममुखीका साथै भविष्यका निम्ती स्पष्ट मार्गदर्शन समेत गरेको बताए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताएको जानकारी दिए ।

उनले भ्रमणका क्रममा सीमा समस्या, तराईका क्षेत्र डुवानका विषय, ऊर्जा क्षेत्र लगाएतमा महत्वपूर्ण छलफल भएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा एक धार्मिक कार्यक्रममा सहभागी भएको विषयलाई अतिरञ्जीत गर्न खोजिएको गुनासो गरे । आफू कुनै पनि धर्मविरोधी नभएको र धर्मनिरपेक्षीवादी भएको उनले बताए ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए ।

उनले भारतको मध्यप्रदेशस्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञानप्रविधिसम्बन्धी क्षेत्रको अवलोकन गरेका थिए ।

भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन् । प्रधानमन्त्री दाहाल यही जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइनेः मन्त्री थापा
लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइनेः मन्त्री थापा
डा. बाबुराम भट्टराईले भने : वैकल्पिक राजनीति आवश्यक छ
डा. बाबुराम भट्टराईले भने : वैकल्पिक राजनीति आवश्यक छ
उपेन्द्रलाई बेवास्ता गर्दै ओली-प्रचण्डको मोह राजेन्द्र महतोप्रति !
उपेन्द्रलाई बेवास्ता गर्दै ओली-प्रचण्डको मोह राजेन्द्र महतोप्रति !
बिश्वकप फुटबल २०१८: अराजक रसियालि समर्थक माझ टिक्ला त साउदि अरेबिया ?
बिश्वकप फुटबल २०१८: अराजक रसियालि समर्थक माझ टिक्ला त साउदि अरेबिया ?
अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज द्वारा पीडित मजदुरलार्इ सहयाेग
अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज द्वारा पीडित मजदुरलार्इ सहयाेग
नेपाली आकासमा पनि भारतको नियन्त्रण!
नेपाली आकासमा पनि भारतको नियन्त्रण!
सडकका बेवारिसेलाई आश्रमको राहत
सडकका बेवारिसेलाई आश्रमको राहत
यी हुन १० सर्वाधिक रुचाइएका फुटबलरहरु, पहिलाे नंबरमा रोनाल्डो कि मेस्सी ?
यी हुन १० सर्वाधिक रुचाइएका फुटबलरहरु, पहिलाे नंबरमा रोनाल्डो कि मेस्सी ?
त्रिभुवनचन्द्र अार्मी अस्पताल पूनः सन्चालनमा !
त्रिभुवनचन्द्र अार्मी अस्पताल पूनः सन्चालनमा !
प्रधानमन्त्री ओलीबाट महरापत्नीका निधनमा दुःख व्यक्त
प्रधानमन्त्री ओलीबाट महरापत्नीका निधनमा दुःख व्यक्त

तपाईंले छुटाउनुभयो कि?