मुलुक संघीयतामा गएको करिव डेढ वर्षपछि कर्मचारी समायोजको काम पूरा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
मुलुक संघीयतामा गएको करिव डेढ वर्षपछि कर्मचारी समायोजको काम पूरा

सारांश

  • काठमाडौं।
  • सरकारले संघीय संरचना अनुसार कर्मचारी समायोजनाको सबै काम सम्पन्न गरिएको जनाएको छ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय संरचना अनुसार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको जानकारी गराएको हो।
काठमाडौं। सरकारले संघीय संरचना अनुसार कर्मचारी समायोजनाको सबै काम सम्पन्न गरिएको जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय संरचना अनुसार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको जानकारी गराएको हो। 
कर्मचारी समायोजन अनुसार सबैभन्दा बढी कर्मचारी स्थानीय तहमा परिचालन गरिएको छ। स्थानीय तहमा ६६ हजार ९ सय ८ जना कर्मचारी समायोजन गरिएको हो। त्यसैगरी प्रदेशमा २२ हजार ७ सय ९७ र संघमा ४८ हजार ४ सय ९ जना कर्मचारी समायोजन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
संवैधानिक व्यवस्था अनुसार संघीय संरचनाका लागि सबै कर्मचारी समायोजनको काम सकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए। उनले केही प्राविधिक कर्मचारीहरु अभाव भए करारमा लिएर काम चलाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गरिएको बताए। 
सरकारले यही आर्थिक वर्ष भित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ। देशका विभिन्न स्थानीय तहमा कर्मचारीहरुको अभाव भइरहेको गुनासो आइरहेका बेला मन्त्री पण्डितले चालू आर्थिक वर्ष भित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षा लिन लोक सेवा आयोगलाई निर्देशन दिएको बताए। अव लोक सेवा आयोगले तत्काल २० हजार विभिन्न तहको कर्मचारीको लागि लोक सेवा आयोग आवेदन खुला गर्नेछ। लोक सेवा आयोगको परीक्षा पास गरेकाहरुबाट आवश्यक कर्मचारीको व्यवस्था गर्ने मन्त्री पण्डितको योजना छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?