ट्रेल रेसमा नेपाललाई स्वर्ण पदक

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २, २०७४
|
|
२३ पटक हेरिएको
Shares
ट्रेल रेसमा नेपाललाई स्वर्ण पदक

सारांश

  • काठमाडौँ – अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा शुक्रबार सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्।
  • त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै सेनाका चारजना धावक पूर्णकुमार तामाङ, समिर तामाङ, तीर्थ तामाङ र वेद सुनुवारले १०० किलोमिटर दूरीलाई १२ घण्टा एक मिनेटको समयमा पूरा गरी नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएको नेपाली सेनाले जनाएको छ।
  • सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आज यहाँ जारी विज्ञप्तिका अनुसार सो प्रतियोगितामा विश्वका विभिन्न देशका पाँच हजार खेलाडीले भाग लिएका थिए।

काठमाडौँ – अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा शुक्रबार सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्।

त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै सेनाका चारजना धावक पूर्णकुमार तामाङ, समिर तामाङ, तीर्थ तामाङ र वेद सुनुवारले १०० किलोमिटर दूरीलाई १२ घण्टा एक मिनेटको समयमा पूरा गरी नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएको नेपाली सेनाले जनाएको छ।

सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आज यहाँ जारी विज्ञप्तिका अनुसार सो प्रतियोगितामा विश्वका विभिन्न देशका पाँच हजार खेलाडीले भाग लिएका थिए। हङकङको साई कुङदेखि ट्युन मुनसम्मको दूरीमा सम्पन्न सो विश्वप्रतिस्पर्धा हङकङमा निकै प्रख्यात मानिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?