महिनावारी स्वच्छता दिवशको अवशरमा वक्तृत्वकला, रुढिवादी परम्परालाई हटाउनुपर्नेमा जोड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
५२ पटक हेरिएको
Shares
महिनावारी स्वच्छता दिवशको अवशरमा वक्तृत्वकला, रुढिवादी परम्परालाई हटाउनुपर्नेमा जोड

सारांश

  • माधव बेल्वासे,चन्द्रौटा कपिलवस्तु,  १५  जेठ ।
  • कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा पाचौँ महिनावारी स्वच्छता दिवशको अवशरमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।
  • सेभ द चिल्ड्रेनको सहयोग,शिवराज नगरपालिकाको समन्वय र कालिका स्वालम्वन सामाजिक केन्द्रको आयोजनामा रहेको प्रतियोगीतामा १० जना युवतीहरु सहभागी भएका थिए ।

माधव बेल्वासे,चन्द्रौटा कपिलवस्तु,  १५  जेठ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा पाचौँ महिनावारी स्वच्छता दिवशको अवशरमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।

सेभ द चिल्ड्रेनको सहयोग,शिवराज नगरपालिकाको समन्वय र कालिका स्वालम्वन सामाजिक केन्द्रको आयोजनामा रहेको प्रतियोगीतामा १० जना युवतीहरु सहभागी भएका थिए ।
‘किशोराअवस्थामा महिनावारी र सरसफाई’ विषयक प्रतियोगीमा सहभागीहरुलाई आ आफ्नो धारणा व्यक्त गरेका थिए ।महिनावारी स्वच्छता मार्फत महिला तथा किशोरीहरुको सशक्तिकरण भन्ने नारा सहित यस वर्ष पाचौ महिनावारी स्वच्छता दिवश मनाइएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले महिनावारी भएको महिला तथा युवतीहरुलाई हेर्ने दृष्टीको फरक बनाउनुपर्ने वताइन । महिनावारी महिलाहरुलाई छुन नहुने,अन्य गोठमा बसाल्नुपर्ने जस्ता रुढिवादी परम्परालाई अव हटाउनुपर्नेमा जोड दिइन । विभिन्न ठाउमा महिनावारी भएका महिलाई बेवस्ता गर्दा कयौ महिलाहरुको ज्यान गएको स्मरण गराउदै उपप्रमुख थारुले सोच परिवर्तन गर्न सकेमा कसैको अकालमै ज्यान नजाने धारण व्यक्त गरीन् ।

प्रमुख अतिथि समेत रहेकी थारुले युवतीहरु आजको दिन महिनावारी सम्वन्धि धरै जानकार भएकोमा खुसी व्याक्त गरीन । विगतमा शिक्षण सस्थाहरुले महिनावारीको वारेमा रहेको पाठ्याक्रमहरु नपढाउदा पनि सचेत हुन नसकेको जनाइन । कार्यक्रममा इलाका प्रशासन चन्द्रौटाका प्रमुख जगदीश अर्यालले युवतीहरु महिनावारीको विषयमा धेरै वोल्न सक्ने भएको वताए ।शिक्षक शिक्षीका र अन्य संघ सस्थाको प्रयासमा महिला तथा युवतीहरु महिनावारीको समय उपनाउनुपर्ने कुराहरुको वारेमा सचेत भएकोमा खुसी व्याक्त गरे ।

कार्यक्रममा मावि इमिलियाकी आस्था घिमिरे प्रथम,रामगोरखा मावि वहादुगंजकी रिनका चौधरी दितिय,नेपाल तारा मावि की विपना काफ्ले तृतिय र राष्ट्रिय मावि चन्द्रौटाकी सरला कुवरले सान्तवना स्थान हासील गरेका छन ।विजेताहरुले पुरस्कार सहित सम्मान गरिएको छ ।

कालिका स्वालम्वन सामाजिक केन्द्रका सल्लाहाकार प्रमोद दाहालको अध्यक्षता,शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यता इलाका प्रशासन चन्द्रौटाका प्रमुख जगदीश अर्यालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम रेडियो शिवराज वाट प्रत्यक्ष प्रशारण भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत
सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत
प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै
प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै
विमान दुर्घटनाको छानबिन गर्न समिति गठन
विमान दुर्घटनाको छानबिन गर्न समिति गठन
राष्ट्रियसभा निर्वाचनको तयारी पूरा
एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपीले दिए राजीनामा
एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपीले दिए राजीनामा
प्रदेश सरकारले युवा विदेश पठाउन जोड : जापानी, कोरियन, अंग्रेजी भाषा सिकाउन थाल्यो
प्रदेश सरकारले युवा विदेश पठाउन जोड : जापानी, कोरियन, अंग्रेजी भाषा सिकाउन थाल्यो
रजनीकान्तको फिल्म वितरक भोक हड्ताल गर्दै
रजनीकान्तको फिल्म वितरक भोक हड्ताल गर्दै
हावाहुरीमा परेर कावासोतीमा एक बालिकाको मृत्यु, ८० घरमा क्षति
हावाहुरीमा परेर कावासोतीमा एक बालिकाको मृत्यु, ८० घरमा क्षति
रुकुम पूर्वको मतगनणा सकियो : सबै क्षेत्रमा वाम गठबन्धन विजयी
रुकुम पूर्वको मतगनणा सकियो : सबै क्षेत्रमा वाम गठबन्धन विजयी
हतियारसहित भेटिए ‘गोली हान्न’ सुरक्षा निकायलाई निर्देशन
हतियारसहित भेटिए ‘गोली हान्न’ सुरक्षा निकायलाई निर्देशन