आयातमा ‘खर्चिला’ झन्झट

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
आयातमा ‘खर्चिला’ झन्झट

सारांश

  • शाह गु्रप अफ इन्डष्ट्रिजले बैंककबाट आयात गरेको प्लास्टिक इभा (दाना) कोलकाता बन्दरगाह हँुदै बीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह ल्याउन खोज्यो ।
  • त्यसका लागि उसले सिपिङ कम्पनीलाई १ हजार ३ सय डलर कन्टेनर भाडा तिर्‍यो ।
  •   पानीजहाजबाट ल्याइएको सामान बन्दरगाहमा अनलोड गर्नै केही दिन लाग्यो ।

शाह गु्रप अफ इन्डष्ट्रिजले बैंककबाट आयात गरेको प्लास्टिक इभा (दाना) कोलकाता बन्दरगाह हँुदै बीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह ल्याउन खोज्यो । त्यसका लागि उसले सिपिङ कम्पनीलाई १ हजार ३ सय डलर कन्टेनर भाडा तिर्‍यो ।

 

पानीजहाजबाट ल्याइएको सामान बन्दरगाहमा अनलोड गर्नै केही दिन लाग्यो । एजेन्टले भन्सार क्लियरेन्स गर्दा थप केही दिन बित्यो । नेपाल ढुवानी गर्न रेलको र्‍याक नपाएर एक महिनाभन्दा बढ्ता थन्क्याउनु पर्‍यो । राखिएको डेमरेज (बिलम्ब शुल्क) मात्र थप १ हजार ३ सय डलर (करिब १ लाख ३५ हजार रुपैयाँ) तिर्नु पर्‍यो ।

‘तेस्रो मुलुकबाट सामान ल्याउँदा बिलम्ब शुल्क तिर्नु नपरेका घटनै हुँदैनन्’, शाह ग्रुपअन्तर्गत प्रेस्टिज फुटवेरका सञ्चालक हरि गौतमले अनुभव सुनाए, ‘पुरानो र साँघुरो बन्दरगाह, भारतमा सरकारी प्रक्रियामा हुने अल्झन, कम रेल, तिनले नेपाली सामानलाई दिने न्यून प्राथमिकता, झन्झटै दिएर आर्जन गर्ने गौंडाहरुजस्ता कारण आयात अनावश्यक खर्चिलो बनेको छ । त्यसको भार अन्तत: नेपाली उपभोक्तामा गएर जोडिन्छ ।’’यो खबर आजको कान्तिपुरमा छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?