केशव स्थापितले गगन थापा लाई दिए यस्तो चुनौती

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
केशव स्थापितले गगन थापा लाई दिए  यस्तो   चुनौती

सारांश

  • नेपाली राजनीतिमा केशव स्थापित एउटा जबरजस्त नाम हो ।
  • काठमण्डौको मेयर भएपछि उनको चर्चा सधै भइरहन्छ ।
  • बर्षौ स्थानीय तहमा निर्वाचन नभएपनि उनि काठमण्डौकै मेयरको रुपमा नै चिनिन्थे ।

नेपाली राजनीतिमा केशव स्थापित एउटा जबरजस्त नाम हो । काठमण्डौको मेयर भएपछि उनको चर्चा सधै भइरहन्छ । बर्षौ स्थानीय तहमा निर्वाचन नभएपनि उनि काठमण्डौकै मेयरको रुपमा नै चिनिन्थे । स्पष्टबक्ताको पहिचान बनाएका स्थापित अहिले काठमण्डौ क्षेत्र नं. ६ क मा प्रदेशसभा सदस्य उम्मेदवार हुन् ।

जहाँ स्थापित त्यहाँ गरिबी बिस्थापित भन्नेसम्मका नाराहरु उनका मतदाताहरुले अघि सारेकाछन् । निडर स्वभावका उनी निर्वाचन क्षेत्रमा दर्बिला रहेकाछन् । उनी फेरी एउटा बिषयले चर्चामा आएकाछन् ।

उनले नेपाली राजनीतिका अर्का चर्चित पात्र गगन थापाले खसि पालन भनेर राज्यबाट लिएको रकम दुरुपयोग गरेको आरोप लगाएकाछन् ।

उनले थापालाइ खसि खोर देखाउन र त्यो समय लिएको हिसावकिताव जनतामाझ सार्वजनिक गर्न चुनौती पनि दिएकाछन् । उनले आफूले राज्को एक पैसा दुरुपयोग नगरेको भन्दै भने-,मैले राज्यको एक पैसा कहिबाट लिएर खाएको भए देखाउन चुनौती दिन्छु । स्थापितले अगाडि भनेकाछन्, एक पैसा घूस खाएको भए प्रमाण ल्याउनुहोस आजै राजनीति छाडिदिन्छु ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Lokendra Prakash Pandeya

    जति उफ्रेपनी गगन को उचाइ लाई कसैले चुनैती नदिदा हुन्छ, किनकी उचाइ आफ्नै अझै कम हुँदै जान्छ

    Comment Author

    Ram Somyahang

    Deskai euta honahar byaktita r priya leader Gagan thapa.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?