आज बकर इद, सार्वजनिक बिदा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २६, २०७९
|
|
१९ पटक हेरिएको
Shares
आज बकर इद, सार्वजनिक बिदा

सारांश

  • काठमाडौं।
  • मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ।
  • इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ।

काठमाडौं। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ।

यस अवसरमा दरबार मार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ। हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ। मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन्।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो। जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ। यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए। अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो। सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्न पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ।

उनले धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुशी भएका थिएनन्। अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए। यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान(बलि) भएको थियो।

कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ। एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसै अनुसार आज पहिलो दिनको बकर ईद मनाइएको छ।

मुस्लिम धर्मावलम्बीले मंगलबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ। यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करि प्रकरण: ‘ठूलो माछो’को रुपमा हेरिएका पोद्दारले भने पत्रकारलाइ पनि रक्सी खुवाएकाे छु !
अध्यक्षद्धयको प्रतिवेदन अस्विकृत भएको हैन, आज पारित हुन्छ : रायमाझी
अध्यक्षद्धयको प्रतिवेदन अस्विकृत भएको हैन, आज पारित हुन्छ : रायमाझी
राष्ट्रिय महिला भलिबल बागलुङमा
राष्ट्रिय महिला भलिबल बागलुङमा
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा केसी
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा केसी
हामी भारत–चीन परस्त होइनौं, नेपाल परस्त हौं : प्रचण्ड
हामी भारत–चीन परस्त होइनौं, नेपाल परस्त हौं : प्रचण्ड
स्कार्पियो दुर्घटनामा पाँच जनाको मृत्यु, तीन घाईते
स्कार्पियो दुर्घटनामा पाँच जनाको मृत्यु, तीन घाईते
आज खाँणको बयान नसकिएपछि मंगलबार पनि बोलाइयो
आज खाँणको बयान नसकिएपछि मंगलबार पनि बोलाइयो
माओवादीको उपाध्यक्षमा अग्नी र पम्फा चयन
माओवादीको उपाध्यक्षमा अग्नी र पम्फा चयन
महंगियो इन्टरनेट : साउन १ बाट शुल्क बढ्दै , उपभोक्ता माथि थप भार
महंगियो इन्टरनेट : साउन १ बाट शुल्क बढ्दै , उपभोक्ता माथि थप भार
साहित्यबाट राजनीतिमा लम्किएका पुरु लम्साल भन्छन, म स्थानिय चुनाव जित्छु नै
साहित्यबाट राजनीतिमा लम्किएका पुरु लम्साल भन्छन, म स्थानिय चुनाव जित्छु नै

तपाईंले छुटाउनुभयो कि?