नर्भिक अस्पतालमा शोकाकुल आफन्तको घुईंचो

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
नर्भिक अस्पतालमा शोकाकुल आफन्तको घुईंचो

सारांश

  • काठमाडौं, ३ मंसिर– माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार बिहान निधन भएको छ ।
  • आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएपछि परिवार, आफन्त र पार्टी कार्यकर्ताको घुईंचो लागेको छ ।
  • चुनावी अभियानको क्रममा झापामा रहेका अध्यक्ष दाहाल विहानै हेलिकोप्टरबाट काठमाडौं आइपुग्नु भएको छ ।

काठमाडौं, ३ मंसिर– माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार बिहान निधन भएको छ । आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएपछि परिवार, आफन्त र पार्टी कार्यकर्ताको घुईंचो लागेको छ ।

चुनावी अभियानको क्रममा झापामा रहेका अध्यक्ष दाहाल विहानै हेलिकोप्टरबाट काठमाडौं आइपुग्नु भएको छ । प्रकाशको निधनको कारणवारे केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी दिने वताइएको छ ।

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । उनको निधन भएको खवर पाउनासाथ माओवादी र अन्य पार्टीका राजधानीमा रहेका नेताहरु अस्पताल पुगेका छन् । एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत नेताहरु नर्भिकमै छन् । दाहालकी पत्नी सिर्जना त्रिपाठी अस्पताल परिसरमै शोकविह्वल अवस्थामा छिन् । अर्की पत्नी बिना मगर भने चुनावी अभियानका क्रममा कञ्चनपुरमा छिन् । प्रकाशकी दिदी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि चितवनबाट काठमाडौं आउँदैछिन् ।

सधैं प्रचण्डसँगै हिँड्ने गरेका उनी मलाई सन्चो छैन भनेर चितवनको चुनावी कार्यक्रमलाई बीचमै छाडेर काठमाडौं फर्किएका थिए । उनी प्रचण्डसँग गोरखा, बाग्लुङ, झापा लगायत स्थानका कार्यक्रममा गएका थिएनन् । उनी काठमाडौंमा आमासँग बसेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?