देउवाले सरकार छाड्ने डेटलाइन बन्यो, यस्तो छ तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
१६ पटक हेरिएको
Shares
देउवाले सरकार छाड्ने डेटलाइन बन्यो, यस्तो छ तयारी

सारांश

  • काठमाडौं, माघ २४ ।
  • चुनाव सम्पन्न भएको साढे दुई महिनापछि शेरबहादुर देउवाले प्रधानमन्त्री पद त्याग गरी नयाँ सरकार गठनको ढोका खोलिदिने भएका छन् ।
  • माघ २४ गते राष्ट्रियसभा निर्वाचन सम्पन्न हुनेबित्तिकै पदबाट राजीनामा दिने सोचमा देउवा रहेका हुन् ।

काठमाडौं, माघ २४ । चुनाव सम्पन्न भएको साढे दुई महिनापछि शेरबहादुर देउवाले प्रधानमन्त्री पद त्याग गरी नयाँ सरकार गठनको ढोका खोलिदिने भएका छन् । माघ २४ गते राष्ट्रियसभा निर्वाचन सम्पन्न हुनेबित्तिकै पदबाट राजीनामा दिने सोचमा देउवा रहेका हुन् ।

देउवालाई उनका सल्लाहकारहरूले निर्वाचनको परिणाम आइसकेपछि मात्र पद त्याग गर्नु उचित हुने भनी सुझाएपछि थप केही दिन उनी पदमा वहाल रहन तयार भएको बुझिएको छ ।

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई विधिवत अवगत गराएपछि देउवाले पद त्याग गरी नयाँ सरकार गठनको मार्गप्रशस्त गर्ने भएका छन् । एक सूत्रले जनाएअनुसार देउवा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा आयोजित समारोहमा सहभागी भएर त्यसपछि पद छोड्ने योजनामा छन् ।

तर, उनले आफ्नो सचिवालयमा विभिन्न सरकारी निकायबाट काजमा ल्याएका कर्मचारीहरूको काज फिर्ता गर्ने काम भने गत सातादेखि नै सुरु गरिसकेका थिए । यसले नयाँ सरकार फागुनको दोस्रो साताभित्र गठन हुने सम्भावना देखाएको छ । सरकारबाट बाहिरिएपछि देउवा पार्टी काममा केन्द्रित हुने निश्चित भएको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Govinda P Gautam

    चुनाव भयेक मा वधाइ तर हनिमून को दीन पनी नपुग्ने भयो

    Comment Author

    Prem Kumal

    Ajai basa buda aba px vanako k ho k

    Comment Author

    Prem Kumal

    Ajai basa buda aba px vanako k ho k

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?