६० जनासम्म मन्त्री बनाउन मिल्छ : प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
३२ पटक हेरिएको
Shares
६० जनासम्म मन्त्री बनाउन मिल्छ  : प्रधानमन्त्री देउवा

सारांश

  • न्यूयोर्क ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले ६० जनासम्म मन्त्री बनाउन मिल्ने बताएका छन् ।
  • न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका विद्यार्थीहरुसँग भएको अन्तरक्रियामा बोल्दै देउवाले जम्बो मन्त्रीमण्डल संविधानसम्मत भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।

न्यूयोर्क । प्रधानमन्त्री शेरबहादुर देउवाले ६० जनासम्म मन्त्री बनाउन मिल्ने बताएका छन् । न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका विद्यार्थीहरुसँग भएको अन्तरक्रियामा बोल्दै देउवाले जम्बो मन्त्रीमण्डल संविधानसम्मत भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।

संसदको कुल संख्याको १० प्रतिशत सदस्यलाई मन्त्री बनाउन मिल्ने भन्दै उनले भनेका छन्, ६० जनालाई मन्त्री बनाउन मिल्छ । तर, अहिले त्यो सीमा भन्दा कम नै मन्त्री बनाएको छु ।’

देउवा सरकार ५६ सदस्यीय छ । जम्मा मन्त्रीमण्डल भएको भन्दै आलोचना भइरहेका बेला उनले न्यूयोर्क जानु अघि दुई राज्यमन्त्री थपेका थिए ।

एक प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले भारत र चीन दुबैसँग राम्रो सम्वन्ध राख्नु नेपालको राष्ट्रिय स्वार्थ भएको बताएका छन् । साथै दुबै छिमेकी देशले नेपालको संवेदनशीलता बुझेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?