प्रचण्ड पुगे नर्भिक
सारांश
- काठमाडौं, ३ मंसिर।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल निर्भिक अस्पताल पुगेका छन्।
- छोरा प्रकाश निधन भएपछि झापाबाट फर्किएको दाहाल पत्नि सिता र छोरीहरुको साथ अस्पताल पुगेका छन्।
काठमाडौं, ३ मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल निर्भिक अस्पताल पुगेका छन्। छोरा प्रकाश निधन भएपछि झापाबाट फर्किएको दाहाल पत्नि सिता र छोरीहरुको साथ अस्पताल पुगेका छन्। प्रचण्डका एक मात्रै छोरा प्रकाशको आइतबार बिहान निधन भएका थियो।
यसअघिनै विभिन्न राजनीतिक दलका नेताहरु अस्पतालमा पुगिसकेका छन् ।
अस्पताल स्रोतका अनुसार आइतबार बिहान ५:५० मा अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो। अस्पतालले उनको शरीरमा जीवनको कुनै संकेत थिएन । शरीर चिसो थियो । आँखाको नानी खुलिसकेको थियो।
चिकित्सकले उनलाई ५:५९ मिनेटमा मृत घोषणा गरेका थिए। प्रकाशलाई हृदयघातको शंका गरिएपनि मृत्युको कारण बारे अस्पताले केही बताएको छैन।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया