रुँदै पुगे प्रचण्ड नर्भिक अस्पताल !
सारांश
- काठमाडौं- चुनाव प्रचारका क्रममा झापा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्।
- एक मात्र छोरा प्रकाशको आज बिहान निधन भएपछि उनी झापाबाट हेलिकोप्टरमा तत्काल काठमाडौं आइपुगेका हुन्।
- प्रचण्ड रुँदै छोरा प्रकाशको शव राखिएको नर्भिक अस्पताल आइपुगेका हुन्।
काठमाडौं- चुनाव प्रचारका क्रममा झापा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्। एक मात्र छोरा प्रकाशको आज बिहान निधन भएपछि उनी झापाबाट हेलिकोप्टरमा तत्काल काठमाडौं आइपुगेका हुन्। प्रचण्ड रुँदै छोरा प्रकाशको शव राखिएको नर्भिक अस्पताल आइपुगेका हुन्। प्रचण्डसँगै प्रकाशकी दिदी रेणू पनि अस्पताल पुगेकी छिन्।

नर्भिक अस्पतालमा आफन्त र शुभेच्छुकको घुइँचो लागेको छ। अस्पताल पुगेका आफन्तजन भावविह्वल छन्। 
प्रकाशको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। आजै बिहान घरमा अचेत अवस्थामा भेटिएका दाहाललाई तत्काल नर्भिक अस्पताल लगिएको थियो।
अस्पतालमा पुर्यानउँदा उनलाई हृदयघात भएपछि गरिने क्याथल्याब प्रोसेसमै लैजान नपाएको अस्पतालका एक चिकित्सकले जानकारी दिए। चिकित्सकका अनुसार प्रकाशको शव अहिले आकस्मिक कक्षमै राखिएको छ।
प्रतिक्रिया