टिफरको ठक्करबाट महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • विराटनगर।
  • मोरङको सुन्दर-हरैँचा नगरपालिका-१२ स्थित राजमार्गमा मंगलवार टिफरको ठक्करबाट स्कुटरमा सवार १ महिलाको मृत्यु भएको छ ।
  • साँझ करिब सवा ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६१८४ नम्बरको टिफरले को २६ प ३१२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

विराटनगर।मोरङको सुन्दर-हरैँचा नगरपालिका-१२ स्थित राजमार्गमा मंगलवार टिफरको ठक्करबाट स्कुटरमा सवार १ महिलाको मृत्यु भएको छ ।साँझ करिब सवा ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६१८४ नम्बरको टिफरले को २६ प ३१२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक उदयपुर की गीता कटुवाल गम्भिर घाईते भई उपचारको लागि धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा साँझ साढे ६ बजे मृत्यु भएको थियो ।

ठक्कर दिने टिफर र चालक सुनसरी बराह नगरपालिका-६ बस्ने बर्ष २३ को कातिक राजवंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखिएको छ भने मृतकको शव पोष्टमार्टमको लागि धरानमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?