प्रकाश दाहालको निधनमा कसले के सोक सन्देश ट्वीट गरे ?
सारांश
- काठमाडौं— पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशको निधनको प्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक पार्टीका नेताहरु एवं सर्वसाधारणले श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
- प्रधानमन्त्री शेरबहादुर देउवाले दिवंगत अात्मप्रति श्रद्धाञ्जली तथा दाहाल परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन्।
- https://twitter.
काठमाडौं— पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशको निधनको प्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक पार्टीका नेताहरु एवं सर्वसाधारणले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले दिवंगत अात्मप्रति श्रद्धाञ्जली तथा दाहाल परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन्।
https://twitter.com/PM_Nepal/status/932105197962149888
‘पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छुु’,देउवाले भनेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रकाशको असामयिक निधनको खबरले मर्माहत बनाएको उल्लेख गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको असामयिक निधनको खबरले मर्माहत बनाएको छ ।स्वर्गीय प्रकाशप्रति हार्दिक श्रद्धान्जली ।शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।
— K P Sharma Oli (@kpsharmaoli) November 19, 2017
राप्रपा अध्यक्ष कमल थापाले प्रकाशलाई असल मानिसको रुपमा स्मरण गर्दै उनको निधनले स्तब्ध भएको जनाएका छन्। ‘पूर्व प्रम पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालको आकस्मिक निधनको समाचारले स्तब्ध भएको छु। व्यक्तिगतरुपमा उनि असल मानिस थिए। दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु’, उनले भनेका छन्, ‘प्रचण्डजी,सिताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पिडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन्। हार्दिक समवेदना !’
पुर्व प्रम पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालको आकस्मिक निधनको समाचारले स्तब्ध भएको छु।व्यक्तिगतरुपमा उनि असल मानिस थिए।दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु।प्रचण्डजी,सिताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पिडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन।हार्दिक समवेदना pic.twitter.com/wPRXUladUF
— Kamal Thapa (@KTnepal) November 19, 2017
यसैगरी काँग्रेस नेता विमलेन्द्र निधिले प्रकाशको अल्पायुमै भएको निधनबाट अाफू मर्माहत भएको जनाएका छन्।
प्रचण्डजीको पुत्र प्रकाश दाहालको अल्पायुमै असामयिक निधन भएकोमा मर्माहत भएको छु। दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।
— Bimalendra Nidhi (@BimalendraNidhi) November 19, 2017
एमाले सचिव योगेश भट्टराई प्रकाशको निधनबाट दाहाल परिवारमा पर्न गएको पीडाप्रति समवेदना प्रकट गर्दै मृतात्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
नेकपा ( माओवादी) केन्द्रका अध्यक्ष प्रचण्ड र परिवारमा पर्न गएको असह्य पीडाप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । दिवंगत प्रकाशप्रति भावपूर्ण श्रध्दान्जली ! pic.twitter.com/BWLviyONjT
— Yogesh Bhattarai (@yogesbhattarai) November 19, 2017
काँग्रेस नेता एवं पूर्व सभामुख दमननाथ ढुंगानाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अत्यन्त असामयिक पुत्रशोक परेकोमा दुःख व्यक्त गरेका छन्।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'जीलाई अत्यन्त असामयिक पुत्रशोक परेकामा दु:खी छु। उहाँ र परिवारजनमा सहनशक्तिको कामना गर्दछु।
— Daman Nath Dhungana (@daman_nath) November 19, 2017
यसैगरी काँग्रेस नेता गगन थापाले प्रकाशको निधनमा श्रद्धाञ्जली तथा दाहाल परिवारप्रति समवेदना प्रकट गरेका छन्।
प्रकाश दाहालको असामयिक निधनले स्तब्ध भएको छु। उनको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु!
साथै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना!— Gagan Thapa (@thapagk) November 19, 2017
यसैगरी महेश बस्नेत ले लेखेका छन :
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको असामयिक निधनको खबरले मर्माहत बनाएको छ ।स्वर्गीय प्रकाशप्रति हार्दिक श्रद्धान्जली ।शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना । pic.twitter.com/1dmruyDyBa
— Mahesh Basnet (@MaMaheshBasnet) November 19, 2017
बाबुरम भट्टराईले:
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु।मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु! pic.twitter.com/djb4BYJBvp
— Baburam Bhattarai (@brb1954) November 19, 2017
प्रतिक्रिया