घट्यो हवाई भाडा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १८, २०८१
|
|
६६ पटक हेरिएको
Shares
घट्यो हवाई भाडा

सारांश

  • काठमाडौं ।
  • नेपाल वायुसेवा कम्पनीले हवाई भाडा घटाएको छ।
  • कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाई भाडादर घटाएको हो।

काठमाडौं । नेपाल वायुसेवा कम्पनीले हवाई भाडा घटाएको छ। कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाई भाडादर घटाएको हो।

नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएसँगै वायुसेवा कम्पनीहरुले समेत हवाई भाडा घटाएका हुन्। आयल निगमले हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको थियो ।

सोही आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा इन्धन सरचार्ज घटाएका हुन् । वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयान प्राधिकरणमा पत्र पठाएको थियो ।

प्राधिकरणले स्वीकृत गरेसँगै भाडा घटेको हो । नजिकिंदो चाडपर्वसँगै मानिसको हवाइ यात्रा समेत बाक्लिने गर्छ । यहि समय भाडा घटाइँदा हवाइ यात्रुलाई राहत मिल्ने भएको छ ।

त्यस्तै, काठमाडौंबाट भोजपुरको उडानमा ४५ रुपैयाँ घटाएको छ भने काठमाडौंबाट जुम्लाको उडानको लागि १ सय ६० रुपैयाँ घटाएको छ । काठमाडौं–दाङको लागि १ सय ३५ रुपैयाँ, काठमाडौं–रुकुम १ सय ४५ रुपैयाँ, काठमाडौं–रेसुङ्गाको लागि १ सय ५ रुपैयाँ र काठमाडौं–जोमसोम १ सय रुपैयाँ घटाएको छ ।

अब कुन रुटको कति ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरस प्रकोपः तिब्बतमा गुम्बा तथा मन्दिरहरु बन्द
कोरोना भाइरस प्रकोपः तिब्बतमा गुम्बा तथा मन्दिरहरु बन्द
आइपीएल- कोलकाता नाइटराइडर्सलाई जित्यो दिल्लीले
आइपीएल- कोलकाता नाइटराइडर्सलाई जित्यो दिल्लीले
वाईड बडीमा भ्रष्टाचार भएको निश्कर्ष, दोषीमाथि हदैसम्मको कारबाही गर्न लेखा समितिको सिफारिस
वाईड बडीमा भ्रष्टाचार भएको निश्कर्ष, दोषीमाथि हदैसम्मको कारबाही गर्न लेखा समितिको सिफारिस
आयल  निगम नाफामा भएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत
आयल निगम नाफामा भएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत
भारतीय एक इन्जिनियरिङ कलेजको होस्टेलको खानामा सर्प भेटियो (भिडियोसहित)
भारतीय एक इन्जिनियरिङ कलेजको होस्टेलको खानामा सर्प भेटियो (भिडियोसहित)
अल्बानी मधेशी समाजले न्युयोर्कमा छठकाे अायाेजना गर्ने
अल्बानी मधेशी समाजले न्युयोर्कमा छठकाे अायाेजना गर्ने
सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो स् प्रधानमन्त्री ओली
सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो स् प्रधानमन्त्री ओली
“विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य”
“विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य”
मर्स्याङ्दी कोरिडोरमा पर्यटन सम्भावना अध्ययन गरिँदै
मर्स्याङ्दी कोरिडोरमा पर्यटन सम्भावना अध्ययन गरिँदै
रक्षा नेपालकि मेनुकालाई भाईको पत्र: कसैका लागि गरेर के पाउनु भयो ?
रक्षा नेपालकि मेनुकालाई भाईको पत्र: कसैका लागि गरेर के पाउनु भयो ?