डा. केसीको मागप्रति सरकार सकरात्मक, आजै अनशन तोडाउने गरी छलफल जारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २३, २०७७
|
|
२४ पटक हेरिएको
Shares
डा. केसीको मागप्रति सरकार सकरात्मक, आजै अनशन तोडाउने गरी छलफल जारी

सारांश

  • अनशनरत प्रा डा गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच भएको वार्ता सकारात्मक रुपमा अघि बढेको छ ।
  • तर आज दिनभर भएको वार्ताले निष्कर्ष भने दिन सकेन ।
  • शुक्रबार विहानसम्ममा सहमतिमा पुग्ने केसी पक्षका वार्ता संयोजक डा.

अनशनरत प्रा डा गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच भएको वार्ता सकारात्मक रुपमा अघि बढेको छ ।

तर आज दिनभर भएको वार्ताले निष्कर्ष भने दिन सकेन । शुक्रबार विहानसम्ममा सहमतिमा पुग्ने केसी पक्षका वार्ता संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिए । केसीका ६ वटै बुँदामा सरकार सकारात्मक भएकाले वार्ता सफल हुने क्षेत्रीले बताए ।

डा. केसीले चिकित्सा शिक्षा सुधारका विषयमा ६ बुँदे माग प्रस्तुत गरेका थिए । उक्त ६ वटै बुँदामा सरकारी पक्ष सकारात्मक भएकाले भोलिसम्ममा केसीको अनसत तोडाउने गरी छलफलमा केन्द्रित भएको क्षेत्रीले जानकारी दिए ।

डा. केसीसँग वार्ता गर्न सरकारले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारले टोली गठन गरेलगत्तै डा. केसीका तर्फबाट डा. क्षेत्रीको संयोजकत्वमा वार्ताटोली गठन गरिएको थियो । चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा. केसीले भदौ २९ गते जुम्लाबाट अनशन शुरु गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?