भक्तपुर नगरकोट सडकखण्डको बाटो नबनेसम्म वडा अध्यक्षले सडकबाटै कार्यालय चलाउने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २७, २०७९
|
|
३८ पटक हेरिएको
Shares
भक्तपुर नगरकोट सडकखण्डको बाटो नबनेसम्म वडा अध्यक्षले सडकबाटै कार्यालय चलाउने

सारांश

  • भक्तपुर नगरकोट सडक खण्डको बाटो नबन्दासम्म एक वडा अध्यक्षले सडकबाटै कार्यालय चलाउने भएका छन् ।
  • भक्तपुर नगरकोटको बाटो बनाउन २ वर्षको समय दिएपनि ९ वर्षसम्म बाटो नबसेपछि भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा अध्यक्ष धनबहादुर लामा सडकमै धर्ना दिएका छन् ।
  • नेपाल सरकारको अकर्मण्यता र ठेकेदारको लापरवाहीले २ वर्षमा बन्नुपर्ने सडक ९ वर्षमा बन्न नसकेपछि बाध्य भएर विरोध स्वरुप सडकमै कार्यालय लिएर चलाएको लामाले बताए ।

भक्तपुर नगरकोट सडक खण्डको बाटो नबन्दासम्म एक वडा अध्यक्षले सडकबाटै कार्यालय चलाउने भएका छन् । भक्तपुर नगरकोटको बाटो बनाउन २ वर्षको समय दिएपनि ९ वर्षसम्म बाटो नबसेपछि भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा अध्यक्ष धनबहादुर लामा सडकमै धर्ना दिएका छन् । नेपाल सरकारको अकर्मण्यता र ठेकेदारको लापरवाहीले २ वर्षमा बन्नुपर्ने सडक ९ वर्षमा बन्न नसकेपछि बाध्य भएर विरोध स्वरुप सडकमै कार्यालय लिएर चलाएको लामाले बताए ।

‘२ वर्षमा पुरा गर्नुपर्ने भक्तपुर नगरकोट बाटो ठेकेदारको लापरवाही र नेपाल सरकारको अकर्मण्यताले ९ वर्ष पुग्दा पनि बन्न सकेन । मैले दबाब स्वरुप बाध्य भएर वडा अध्यक्षको हैसियतले ध्यानाकर्षण गराउन कार्यालय सडकमा ल्याएको छु’ रातोपाटीसँग कुरा गर्दै लामाले भने, ‘भक्तपुर नगरकोट खण्डको बाटो बनाउनुपर्यो भनेर सरकारका सबै निकायलाई गुहारे । मेरो व्यक्ति रुपमा केही चलेन त्यसपछि बाध्य भएर दबाब दिन सडकमा आएको छु ।’

वडा अध्यक्ष लामा भक्तपुर नगरकोट सडक खण्डको लामा चौरमा आफ्नो कुर्सी लिएर सडकमा आएका छन् । यो सडक खण्ड बन्ने निश्चित नभएसम्म यहीँ सडकबाटै वडा कार्यालय चलाएर विरोध गर्ने लामाले बताए । यसअघि भक्तपुर नगरकोट सडक खण्डमा बाटो नबन्दा गाडी चालकले ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो नै गाडीमा टाँगेर विरोध गरेका थिए ।

केदार अधिकारीले बाटो नबनाउँदा सुख्खा मौसममा धुलो र वर्षा मौसममा हिलो व्यहोर्नु परेको भन्दै गाडी चालकले विरोध गरेका थिए । जसले गर्दा पर्यटकीय क्षेत्र नगरकोट जाने यात्रुले समेत सास्ती व्यहोर्नु परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
यस्तो आयो पाँच नम्बर प्रदेशको चालु आर्थिक वर्षको नीति कार्यक्रम (पूर्णपाठसहित)
यस्तो आयो पाँच नम्बर प्रदेशको चालु आर्थिक वर्षको नीति कार्यक्रम (पूर्णपाठसहित)
संविधान संशोधन सम्बन्धी छुट्टै प्रस्ताव दर्ता गराउन जसपा संसद सचिवालयमा
संविधान संशोधन सम्बन्धी छुट्टै प्रस्ताव दर्ता गराउन जसपा संसद सचिवालयमा
गौचरण हुनबाट जोगाउन गोकर्ण रिर्सोटको म्याद थप गरेको नेपाल ट्रस्टको स्पस्टोक्ति
गौचरण हुनबाट जोगाउन गोकर्ण रिर्सोटको म्याद थप गरेको नेपाल ट्रस्टको स्पस्टोक्ति
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या
पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या
प्रदेश ४ को पहिलो वैठक आज बस्दै, तीनथरि पोशाक लगाउन पाइने
प्रदेश ४ को पहिलो वैठक आज बस्दै, तीनथरि पोशाक लगाउन पाइने
साइबर अपराध नियन्त्रणका लागि कार्ययोजना तयार…
पार्टी र सरकार दुवैमा शक्तिशाली ओली
पार्टी र सरकार दुवैमा शक्तिशाली ओली
नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित, प्रतियाेगिताकाे उपाधि भारत यु१९ बि लाई !
नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित, प्रतियाेगिताकाे उपाधि भारत यु१९ बि लाई !