चुनावीसभामा सहभागि हुन प्रचण्ड परिवारका साथ चितवनमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
१८
|
२७ पटक हेरिएको
Shares
चुनावीसभामा सहभागि हुन प्रचण्ड परिवारका साथ चितवनमा

सारांश

  • काठमाडौं, ५ मंसिर।
  • पुत्र विगोयमा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुन चितवनमा पुगेका छन्।
  • नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त चुनावीसभामा सहभागी हुन दाहाल सपरिवार गृह जिल्ला चितवन पुगेका हुन्।

काठमाडौं, ५ मंसिर। पुत्र विगोयमा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुन चितवनमा पुगेका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त चुनावीसभामा सहभागी हुन दाहाल सपरिवार गृह जिल्ला चितवन पुगेका हुन्। मंगलबार दिउँसो भरतपुर बसपार्कमा दुवै दलको संयुक्त सभा हुनेछन् । दाहालसँगै पत्नि सीता दाहाल, छोरीहरु रेणु र गंगा र बुहारी बिना मगर रहेका छन् ।  नियममित उडानबाट चितवनमा पुगेका दाहालसँग एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी नेता रामबहादुर थापा बादल पनि रहेका थिए। ‘आइतबारको दु:खद घटनापछि कार्यक्रम हुने की नहुने भन्ने बारेमा रहेको अन्यौल हटेको छ। सभाका लागि अहिले आन्तरिक तयारी छौं’ एमालेका स्थायी कमिटीका सदस्य तथा चितवन-१ का प्रतिनिधिसभाका सदस्यमा उम्मेदवार सुरेन्द्र पाण्डेले भने, ‘जनतामा माओवादी अध्यक्षको आगमनप्रति चासो रहेको छ।’

सभामा सहभागी भएपनि दाहालले सम्बोधन गर्ने कार्यक्रम भने छैन। कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ‘पचास हजार मानिसलाई उतारेर कार्यक्रम हुने छ’ पाण्डेले भने, ‘दुई घण्टाभित्र सबै कार्यक्रम सक्ने गरी तयारी भैरहेको छ ।’

अध्यक्ष दाहाल चितवन–३ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका छन् । दाहालका छोरा प्रकाशको आइतबार बिहान सुतिरहेको स्थानमा आकस्मिक हृदयघातको कारण काठमाडौंमा निधन भएको थियो। त्यसपछि चुनावी कार्यक्रमलाई छाडेर अध्यक्ष दाहाल राजधानी फिरेका थिए।

प्रतिक्रिया

18 कमेन्ट

    Comment Author

    Bhadra Prasad Acharya

    सुभ यात्रा

    Comment Author

    Shyam Shubham Giri

    आर्यघाट जस्तो पवित्र घाटमा दाहासकार गरेर काजकिरिया गरेनौ आत्म भड्कियो भनि धेरै ठूलो घटना घट्न सक्छ

      Comment Author

      Ajaya Dulal

      Dimagma sadhai gover xa mitra ajhai?

      Comment Author

      यादब राजगुरु सल्यानि

      पहिला आफूलाई हेर मित्र कहिले आऊछ तीम्रो बूद्दी तेस्तोदुखत घटनामापनी सहनसील भयर दाहासस्कार गर्नु भो साहसी नेता प्रचण्ड जी नै हुन् यस्ता असव्य शब्द न बोल मीत्र।

    Comment Author

    Shankar Sharma

    शुभ यात्रा।

    Comment Author

    Krishna Chettri

    Gud job

    Comment Author

    Dharani Gajurel

    Good

    Comment Author

    Gurung Kaji

    Yes asari sammalera badnu parchha ahiho sahasi neta

    Comment Author

    Kabita Bhattarai

    Shrejana chai khoi????

    Comment Author

    Ajaya Dulal

    Prachanda mahan beta hun

    Comment Author

    महेन्द्र सर्मा

    शुभ यात्रा

    Comment Author

    Jhum Thapa

    Ali kati pani aphano kul ko ra samaj ko samman na bhaye ko baijeti parchcand

    Comment Author

    Hb Gurung

    AaliSuhayana parchandaji

    Comment Author

    Khem Bahadur

    good

    Comment Author

    Rabi Prakash Malla

    Ali chado nirnaya garera fursad ma paxutaune tapaiko baani xa,tara yasto abastha ma yo ta atinai bhayo ni!feri tapaile chunab jitne pani hoina.

    Comment Author

    Nabaraj Acharya

    Good

    Comment Author

    Su Ree Bikram Chhetri

    All d best comred haru✌✌✌

    Comment Author

    Gopal Airee

    देश र जनता नै प्रचण्डकोलागी सबथोक हुन् ।आफ्नो र आफ्नो परिवारको पेट पाल्न नसकेर राजनीति गरेका होइनन् ।।सबैलाई चेतना भया।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 18
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?