राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो ! (यस्तो छ घोषणापत्र)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
२८
|
२४ पटक हेरिएको
Shares
राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो !  (यस्तो छ घोषणापत्र)

सारांश

  • ‘सबैको पहिचान, सबैको अधिकार–राजपालाई मत, एकमात्र अधिकार’ भन्दै राजपाले समुन्नत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान, समावेशी राज्य, समतामूलक समाज, सार्वभौम नागरिक भन्ने विषयलाई जोड दिएको छ ।
  • मधेश, थरुहट तथा पहिचान र अधिकारका लागि भएका हरेक विद्रोह र आन्दोलनका क्रममा शहादत प्राप्त गरेका तथा घाइतेहरुको सपना साकार पार्न नेपालबाट सबैखाले विभेदको अन्त्य गर्दै सबै नेपालीको परिचयलाई सम्मान गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
  • त्यस्तै, सबैको अधिकार सुरक्षित गर्ने, प्रदेशको सीमांकन सच्याउने, र राष्ट्र निर्माणको गहन अभिभारामा सबैलाई समावेश गराउने गरी संविधानलाई पूर्णता प्रदान गर्न र देशमा जारी दशकौं लामो राजनीतिक अस्थिरता र अनिश्चिततालाई सधैंका लागि अन्त्य गर्दै मुलुकलाई शान्ति, समृद्धि र सफलताको पथमा डोर्याउने समावेशी र सक्षम राज्य व्यवस्थाको जग बसाल्न राजपा नेपालको चुनाव चिन्ह छातामा मत हाल्न आह्वान गरिएको छ ।

‘सबैको पहिचान, सबैको अधिकार–राजपालाई मत, एकमात्र अधिकार’ भन्दै राजपाले समुन्नत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान, समावेशी राज्य, समतामूलक समाज, सार्वभौम नागरिक भन्ने विषयलाई जोड दिएको छ ।

मधेश, थरुहट तथा पहिचान र अधिकारका लागि भएका हरेक विद्रोह र आन्दोलनका क्रममा शहादत प्राप्त गरेका तथा घाइतेहरुको सपना साकार पार्न नेपालबाट सबैखाले विभेदको अन्त्य गर्दै सबै नेपालीको परिचयलाई सम्मान गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै, सबैको अधिकार सुरक्षित गर्ने, प्रदेशको सीमांकन सच्याउने, र राष्ट्र निर्माणको गहन अभिभारामा सबैलाई समावेश गराउने गरी संविधानलाई पूर्णता प्रदान गर्न र देशमा जारी दशकौं लामो राजनीतिक अस्थिरता र अनिश्चिततालाई सधैंका लागि अन्त्य गर्दै मुलुकलाई शान्ति, समृद्धि र सफलताको पथमा डोर्याउने समावेशी र सक्षम राज्य व्यवस्थाको जग बसाल्न राजपा नेपालको चुनाव चिन्ह छातामा मत हाल्न आह्वान गरिएको छ ।

राजपाले आफ्नो घोषणापत्रमा अतिआवश्यक विषयहरुलाई सर्वाधिक महत्वको सूचीमा राखेको छ । पहिचान, स्थान, अधिकार र स्वाभिमानको संघर्षलाई जारी राख्दै देशको चौतर्फी विकास द्रुत गतिमा हुनुपर्ने भन्दै राजपाले राज्यले होच्याएको, अलपत्र पारेको र पूर्ण रुपमा वेवास्ता गरेको मधेश र थरुहट क्षेत्रको विकासलाई अबको सर्वा्धिक प्राथमिकताको विषय बनाउने जनाएको छ ।

राजपाले बाढी पहिरोको स्थायी समाधान, हुलाकीमार्ग, थप सडक संजाल र रेल सेवाको विस्तार, काठमाडौं–निजगढ द्रुतमार्ग र निजगढ दोश्रो अन्तराष्ट्रिय विमानस्थल, जनकपुर–अन्तराष्ट्रिय पर्यटन स्थल एवंं विश्व हिन्दु केन्द्र, विरगन्ज–नेपालको आर्थिक कारोवार र व्यापारको प्रमुख केन्द्र, विराटनगर, भैरहवा र नेपालगंज नेपालको आर्थिक विकासको मेरुदण्ड, लुम्बिनी–अन्तराष्ट्रिय बुद्धिष्ट केन्द्रसूचीमा प्रविधि र इन्टरनेट सेवाको विस्तार, युवामैत्री कार्यक्रम, महिलामैत्री कार्यक्रम, किसानमैत्री कार्यक्रम, गरिमैत्री कार्यक्रम, वैदेशिक लगानी आकर्षण र निजीक्षेत्रलाई प्रोत्साहन, शहिद स्तम्भ एवं स्मारक निर्माण र हरेक क्षेत्र, विकास क्षेत्र भन्ने प्रतिबद्धता जनाएको छ ।

राजपाले हरेक वर्ष तराई–मधेसको समथर मैदानमा आउने बाढीको स्थायी समाधानका लागि वैज्ञानिक योजना बनाएर बाँध र कल्भर्ट निर्माण, वर्षायामको पानीको उचित निकास, चुरेभावरको प्रभावकारी संरक्षण एवं व्यापक वृक्षारोपणको कार्यक्रम सञ्चालन गर्ने र तराई मधेसको जनतालाई प्रकोपबाट सधैंका लागि मुक्त गर्न सशक्त कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

यस्तैगरी, सहज आवागमन र सरसामानको ढुवानीका लागि हुलाकी मार्गलाई तराई–मधेस लोकमार्ग नामांकरण गर्दै यथाशीघ्र सम्पन्न गरी थप सडक सञ्जालको निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गको समानान्तर आधुनिक रेलमार्गको निर्माण गर्ने राजपाको प्रतिवद्धता छ ।

जनकपुर अन्तराष्ट्रिय पर्यटनस्थल एवं विश्व हिन्दू केन्द्रलाई प्राथमिकता दिंदै जनकपुरको बृहत र चौतर्फी विकासका लागि दक्ष र अनुभवी विशेषज्ञहरुको सहयोगमा आधुनिक गुरुयोजना तयार गरी जनकपुरलाई अन्तर्रा्ष्ट्रिय पर्यटन र आध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने, जनकपुर विमानस्थललाई सुरुमा क्षेत्रीय र पछि अन्तराष्ट्रिय आधुनिक विमानस्थलको रुपमा स्तरोन्नति गर्ने राजपाको घोषणापत्रमा उल्लेख छ ।

वीरगंजलाई आधुनिक सहरको रुपमा विकास गर्दै यसलाई बैकिङ्ग, बीमा, शेयर कारोवार र अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बनाउने, नयाँ उद्योगहरु खोल्न निजी क्षेत्रलाई आकर्षित गर्ने सेवा, सुविधा र छुटको योजना बनाईने, वीरगंजलाई विश्वका अन्य व्यापारिक र आर्थिक कारोवार हुने सहरहरुसँग सरकारी स्तरमै जोडिने घोषणापत्रमा समावेश गरिएको छ ।

विराटनगर, भैरहवा र नेपालगंज नेपालको आर्थिक विकासको मेरुदण्डका रहेको भन्दै राजपा नेपालले निर्वाध विद्युत आपूर्ति, औद्योगिक विकासको व्यवस्थापन, औद्योगिक सडकको निर्माण एवं स्तरोन्नति, श्रमिक विकास, प्राविधिक प्रशिक्षण र राजनीतिक हस्तक्षेपको समाप्तिलगातका दिशामा ठोस कार्य गर्दै उद्योगहरुको सम्बन्धन र थप विस्तारको कार्यक्रमहरु बनाउने जनाएको छ । राजविराज, सिरहा, जलेश्वर, मलङ्गवा, गौर, कलैया, नवलपरासी, तौलिहवा, नेपालगंज, तुलसीपुर, गुलरिया र महेन्द्रनगरमा एकीकृत सहरी विकास कार्यक्रम लागू गरी आधुनिक सहरको निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

लुम्बिनी विकास गुरुयोजनालाई तत्काल थप प्रभावकारी बनाउने, ढिलो भएमा योजना र निर्माण कार्यहरुलाई यथाशीघ्र सम्पन्न गर्ने, सुरु नभएका कार्यक्रमहरुलाई अविलम्ब प्रारम्भ गर्ने, राजनीतिक हस्तक्षेपलाई निरुत्साहित गर्ने, सुस्त गतिमा निर्माण हुँदै गरेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थललाई शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउने राजपाको प्रतिबद्धता छ ।

राजपाले सूचना प्रविधि र इन्टरनेटको सेवा उपलब्ध नभएका वा गुणस्तरीय नभएका ठाउँहरुमा सुलभ र सस्तो इन्टरनेट सेवा उपलब्ध गराउने, सरकारी र सार्वजनीक रुपमा सञ्चालित माध्यमिक, उच्च माध्यमिक एवं व्यवसायिक शिक्षा केन्द्रहरुमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने जनाएको छ ।

उच्च शिक्षा र वैदेशिक रोजगारमा जान चाहने युवाहरुका लागि धरौटीसहित ऋण उपलब्ध गराउने, बैंक र वित्तिय संस्थाहरुलाई कुल ऋण प्रवाहको कम्तिमा १ प्रतिशत युवाहरुको नयाँ कारोवारमा लगानी गर्नुपर्ने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ। विराटनगर, जनकपुर, वीरगंज, भैरहवा, नेपालगंज र धनगढीमा आधुनिक क्रिकेट मैदानको निर्माण गर्ने, त्यसमध्ये कुनै दुईलाई अन्तर्रा्ष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने रंगशालाको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

‘महिलाको लागि हरेक उच्च शिक्षा निशुल्क गर्ने, हरेक नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा १० हजार रुपैयाँ अनुदान दिर्घकालिन मुद्धती खाता खोलेर बैंकमा जम्मा गरिनेछ, जुन बालिका १८ वर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहितको एक मुस्ट रकम प्रयोग गर्न सक्नेछन्’ घोषणापत्रमा भनिएको छ ।

कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो वरावरको रकम प्रदान गर्नेसमेत राजपाले प्रतिबद्धता जनाएको छ ।

किसानमैत्री कार्यक्रमलाई जोड दिँदै राजपालो कृषि क्षेत्रको आधुनिकिकरण, नयाँ प्रविधिको प्रयोग, पैदावारको औद्योगिकीकरण, मल खाद्यको सस्तो र सहज उपलब्धता, उत्पादन बृद्धि र विविधिकरण, सरलीकृत कृषि ऋण तथा नयाँ बजार विस्तार आदि उपायहरु अबलम्बन गर्दै किसानको जीवन सुखद बनाउनुको साथै देश विकासमा कृषि क्षेत्रको योगदानलाई बृद्धि गर्ने उल्लेख गरेको छ ।

नेपालको कुल जनसंख्याको लगभग एक चौथाई गरिबीको रेखामुनि रहेका अतिविपन्न नेपालीको जीवनलाई थप कस्टकर हुनबाट बचाउन त्यस्ता हरेक नेपालीको पहिचान गरी तिनलाई सहुलियत मूल्यमा चामल र अन्य दैनिक सामग्री सहज उपलब्ध गराउने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।

मधेश आन्दोलन, थरुहट आन्दोलन र अन्य आन्दोलनहरुमा आफ्नो ज्यानको आहुति दिने अमर शहिदहरुलाई श्रदाञ्जली अर्पण गर्न, तिनको त्यागलाई प्रेरणाको श्रोतको रुपमा रुपान्तरण गर्न र तिनको योगदानलाई चीर स्मरणीय बनाउन शहादत दिएका हरेक ठाउँमा शहिद स्तम्भ र शहादत भएका हरेक जिल्लामा शहिद स्मारकको निर्माण गर्ने, शहिदको लागि गरिएको हरेक प्रतिबद्धता पूरा गर्ने, शहिद परिवारको उचित हेरचाह, घाईते र अंगभंग भएकाहरुको उपचार र रोजगारीको व्यवस्था गर्ने राजपा नेपालको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

हरेक क्षेत्र, विशेष क्षेत्र भन्दै राजपाले मिथिला, भोजपुरा, अवध र थारु समुदायको इतिहास, भाषा, संस्कृति र कलालाई संरक्षण गर्ने उद्देश्यले उपयुक्त स्थानहरुमा संग्रहालय र अनुसन्धान केन्द्रहरुको स्थापना गर्ने, प्रदेश नम्बर–२ मा निर्माण गरिने पहिलो दुईवटा पाँचतारे होटललाई करमा पूर्ण छुट दिने, एक अर्ब भन्दा बढी लगानीको अन्य कुनैपनि उद्योगलाई करमा ५० प्रतिशत छुट दिने प्रतिबद्धता घोषणापत्रमा उल्लेख गरिएको छ ।

महोत्तरीको जलेश्वरमा संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतोको उपस्थितिमा ‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ भन्ने चुनावी नारासहितको घोषणापत्र सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

28 कमेन्ट

    Comment Author

    Nuna Sharma

    Haha laj lagyo asto kura sunda sudar gar6u mara kami kamjodi vannu hos sun dina paloban ma nagarnu hos neta ju

    Comment Author

    Dee Cube

    Ha ha ha laaj na vayeka haru. Dayej prathaa .

    Comment Author

    Shyam Shubham Giri

    हाहाहाहा साच्चै हो की क्या हो ?

    Comment Author

    Lekhnath Bhattarai

    थुक्क लाज नभएका मोराहरु।

    Comment Author

    Netra Ghimire

    ला राजेन्द्र महताेकाे सुन दिने रे?

    Comment Author

    Netra Ghimire

    झुटकाे पराकाष्ठा ।

    Comment Author

    Narbahadur Gharti

    नेपालका महिलाहरु बिहारी महिलाजस्तो लालची हुदैनन् जितेउ भने बिहारमा गएर बाड्दा हुन्छ तिमीहरुको सुन नेपाली महिलाहरु पौरखी हुन्छन आफै कमाउन सक्छन

    Comment Author

    Sushila Karki

    xi xi xi

    Comment Author

    Tiljapun Magar

    बक्बास बन्द करो

    Comment Author

    Minraj Bhattarai

    Yo Andolan ma vaglina 50000 dinxu vane jastai ho.

    Comment Author

    Chin Thapa

    Daijo Dina aparadh ho bhannu ta kanha chha ,ulto daijo dinchhu bhannu ke khalko netaharu ho

    Comment Author

    के.बि. मगर

    क्या! ??हसाउछ भन्या यी नेताहरु।

    Comment Author

    Saila Lama

    Yesta fataha ko buddhi hununi paryoni Arudinxu vannalai sala ghaiteko xetipurtiko paisata khosera khanele Adha tools sun dinxa Adha tolako 26000hajar parxa kahabata lyauxa yeti dherai paisa ki varatle dinxa haina varatle diyeni eniharu Afai khanxan ebeimanle dinxa

    Comment Author

    Bikash Mausam Ghimire

    Pagal haru linema kalo moso dalnu parxa inlai

    Comment Author

    Mahendra Bamrel

    Haitt yesto kura po aayo.

    Comment Author

    सुजन बाेहरा

    साला चाेर नेता हरु मधेसका महिला हरु लाई के काे सुन दिनछस घर घर मा टुवाईलेट बनाईदेन सकछस भने खुब नेता भनी टाेपलछस नि माेधि का कुकुर हरु

    Comment Author

    Tulasi Shrestha

    कुकुरहरु नखाेक

    Comment Author

    Binod Sharms

    Aesto dehs lai xoper jel hal

    Comment Author

    Ramesh Wagle

    सुस्केट

    Comment Author

    Jagraj Budha Magar

    दिमाग नभएका पागल मदेशका नेताहरू सुनका कुरा लाज मर्दो कुरो गरेका छन

    Comment Author

    Ramesh K. Gautam

    हल्ला मात्र हो।

    Comment Author

    Bishnu Dev

    बिकासको नाराछैन सुनदिनछु रे।

    Comment Author

    Bikram Basnet

    Kasari? Sun taskari pani——,

    Comment Author

    Khatri Sovit

    कति छन मोइला र को कस्ले भोट हालो हालेन कसरी छुट्याउ छौ, पछि केही कथम जितेउ भनी तिमिहरुले एउटै कुरा भन्ने छौ , मलाई भोट देको के छ आधार प्रमाण सहित निवेदन माग्ने छौ, त्यो अस्वस्थ मा मतदाताले केगर्ने गोप्य मतदानमा कुनै प्रमाण हुदैन,, कोई छ आधा तोला सुनको लागि भोट दिने,,भोट देउ जिताउ सुन त पाईछ,,,

    Comment Author

    Seskanta Gaire

    Rajapa ka neta ji tapai sabai Nepali cheli lai bihe gardai aadha tola sundene kura gardai hunuhunxa

    Comment Author

    Ram Lal

    देसबनाउ सून ले बच्चा को भबिसय बनदैन

    Comment Author

    Bishnu Joshi

    कुकुरहर हेा

    Comment Author

    Laxmi Sunar

    यि चाेरहरूकाे दिमाखमा दाईजाे बाहेक अरू केहि अाउदैन महिलालाई राजनितिक शिक्षित बानाउने अबसर दिनु साटाे दाईजाे र सम्पतिमा अलमलाउन चाहन्छन ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 28
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?